लोकतान्त्रिक गठबन्धन म्याग्दी आन्तरिक तयारीमा व्यस्त

  • १४ कार्तिक २०७४, मंगलवार
  • 3381 पटक पढिएको

म्याग्दी, १४ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठनबन्धन म्याग्दीले कार्यकर्ता भेटघाट, चुनाबी सभा तथा आमसभा संगै आन्तरिक रणनिति बून्ने योजनालाई समेत प्राथमिकतामा राखेको छ ।

कात्तिक ८ गते उत्तरी दानाबाट चुनाबी अभियान सुरु गरेको गठबन्धनले अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिका , मंगला गाउँपालिका ,मालिका गाउँपालिकाका विभिन्न वडाहरुमा चुनाबी कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।
चुनाबी अभियान अन्र्तगत मंगलवार बेनीमा बेनीनगरपालिका–७ र ८ नम्बर वडाको संयुक्त वडा भेला सम्पन्न गरेको छ ।

सो भेलाले ७ नम्बर वडामा रमेशकुमार श्रेष्ठ संयोजक र सहसंयोजक हरि शाक्य सहसंयोजक रहेको चुनाब प्रचार प्रसार समिति गठन गरेको नेविसंघका नेता सुजन बरुवालले जानकारी दिनुभयो । उहाँका अनुसार, वडा नम्बर ८ मा हिरा पुन संयोजक र झलप्रसाद गौचन सहसंयोजक रहेको चुनाब प्रसार प्रसार समिति गठन गरिएको छ ।


त्यस्तै मंगलवारै बेनीमा नेपाली काँग्रेस र राप्रपा निकट तरुण युवाहरुको संयुक्त भेला सम्पन्न गरेको छ । सो भेलालाई नेपाली काँग्रेस म्याग्दीका निवर्तमान सभापती रेशम बहादुर बानियाँ, राप्रपा अध्यक्ष बिरबहादुर थापा, प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खमवीर गर्वुजा, प्रदेश क्षेत्र नम्बर १ का उम्मेदवार भिमप्रसाद गौचन, काँग्रेस समानुपातीक उम्मेदवार त्रिलोकचन्द्र विश्वास विक, काँग्रेस बेनी नगरपालिका–७ का सभापती रमेशकुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।


तरुणदल नगर सभापती खड्क केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तरुणदल म्याग्दीका सचिब सुमन श्रेष्ठले गर्नुभएको थियो ।