छोटो समयमै चर्चामा आएकी मोडल भण्डारीलाई स्टेज प्रोग्राममा भ्याईनभ्याइ
- २७ आश्विन २०७४, शुक्रबार
- 10107 पटक पढिएको
म्याग्दी, २७ असोज । अभिनयको क्षेत्रमा चर्चा बटुलेकी म्याग्देली कलाकार रविना भण्डारीलाई स्टेज प्रोग्रामले व्यस्त बनाएको छ । रघुगंगा गाउँपालिका वडा नं. ३ मौवाफाँटमा जन्मेकी भण्डारीले अहिले दशै र तिहारको अबसरमा आयोजना भएका मेलापर्वहरु लाई नृत्यद्धारा तताएकी छिन् ।
मोडलिङको क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै चर्चा बटुलेकी भण्डारीले दशैँको अबसरमा आयोजना भएका म्याग्दी पर्वत, बागलुङ र पोखराका दर्जनौँ कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुत गरेकी छिन् ।
१८ बर्षकी भण्डारीले दशैँको अबसरमा काउलेगौडा, मल्लाज,अर्थुङ्गे, भिमपोखरा, दाना, तातोपानी लगायतका ठाउँमा आयोजना भएका खेलकुद तथा सास्कृतीक मेलाहरुमा आफ्नो नृत्य प्रस्तुतीहरु राखेर दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन प्रदान गरेकी थिईन् । सानै उमेरदेखि नृत्यमा रुचि राख्दै आएकी कलाकार भण्डारीले छोटो समयमै प्राप्त गरेको सफलताले साँगेतिक क्षेत्रमा थप हौसला मिलेको बताउँछिन् ।
गत बर्ष ‘बैसेरीमा घर थियो मेरो’ बोलको लोकदोहोरी गीतबाट अभिनयको यात्रा थालनी मोडल भण्डारीले एक बर्षको अन्तरालमा करिब ३० वटा विभिन्न गितहरुको म्युजिक भिडियोमा अभिनय गरीसकेकी छिन् । गत तीज भन्दा अगाडी अभियन यात्राकै क्रममा काठमाण्डौमा बसेर संघर्ष थालेकी भण्डारीले तिहारको पूर्वसन्धयामा समेत विभिन्न पञ्चेबाजाका गितहरुमा अभिनय गर्दैछिन् ।
लोकदोहोरी, आधुनिक गीत, तिज गीतमा उनले उत्कृष्ट अभियन गरेकी छन् । आफु भन्दा अग्रजहरुको प्रेरणाले मोडलिङ क्षेत्रमा लाग्न थप हौसल मिलेको बताउने मोडल भण्डारीले परिवार र आफन्तजनबाट प्राप्त सहयोगले मोडलिङको क्षेत्रमा लाग्न थप सहज भएको बताउँछिन् ।
उनले सानै उमेरदेखि विद्यालय, गाउँमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभा देखाउँदै आएकी थिईन् । विद्यालय देखि जिल्ला स्तरिय विभिन्न प्रतियोगितामा उनले सहभागीता जनाएर प्रथम स्थान हासिल समेत गरेकी थिईन् । म्युजिक भिडियोमा आफ्नो भविष्य देखेकी रविनाले अवसर पाएमा चलचित्रमा समेत अभियन गर्ने योजना रहेको बताईन् ।