बेनी– जोमसोम गर्ने पर्यटकलाई बेगखोलाको बाढीले सास्ती –(फोटोफिचर)
- १८ आश्विन २०७४, बुधबार
- धिरन खत्री
- 4551 पटक पढिएको
म्याग्दी, १८ असोज । पर्यटनयाम सुरु भएसंगै बेनी जोमसोम सडक हुदै मुस्ताङ म्रमण गर्ने संख्या बढीरहेको बेला बेगखोलामा आउने बाढीले भने सास्ती दिने गरेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका १ मा रहेको बेगखोलामा बर्षासाथ आउने बाढीले यात्रुहरुलाई अलपत्र पार्ने, सिधा सवारी अवरुद्ध बनाउने समस्या निम्ताईरहेको छ ।
गतबर्ष आएको बाढीले बेगखाोलामा बस्ती संगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी जोमसोृम सडकको यात्रा निरन्तर प्रमावित हुदै आएको छ । हालै आएको बाढीले बेगखोलामा अस्थाइ रुपमा निर्माण गरिएको पुर्वाधार बगाएपछि दशै विदामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाईे सास्ती निम्ताएको हो ।
दशै विदाको समयलाई सदुपयोग गर्न दैनिक रुपमा हजारौ आन्तरिक तथा बाह्य पर्यटकलाई उक्त बाढीले अलपत्र बनाएको छ । उक्त खोला तर्ने क्रममा सोमबार अकस्मात आएको बाढीले ट्याक्सी बगाएर कालीगण्डकी नदीमा मिसाएको थियो ।
बुधबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको टोलीले स्थलगत अवलोकन गर्दै दिर्घकालिन रुपमा हजारौ यात्रुहररुलाई पर्ने समस्या समाधान गर्न कालीगण्डकी करिडोर आयोजना संग समन्वय गरेर बर्षेनीे आउने समस्या हटाउन प्राविधिक रुपमा अध्ययन भएको बताउनुभयो ।
स्थायी रुपमा कटानलाई रोक्ने र बाढीले पुललाई असर नगर्ने गरि सागुरो ठाउँबाट पक्की पुल निर्माण गर्ने योजना रहेको छ । अकस्मात आएको बाढीले दशैमा घुम्न आएको पर्यटकलाई समस्या परेपनि जिल्लाबाट दिगो रुपमा पुल निर्माण गर्न आवश्यक पहल भएको प्रमुख केसीले बताउनुभयो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l