अपडेटः कागबेनी दुर्घटनाका घाइतेहरुलाई काठमाडौँ रिफर

  • १८ आश्विन २०७४, बुधबार
  • 3179 पटक पढिएको

मुस्ताङ १८ असोज । तीनजनाको ज्यान जाने गरि मंगलबार साँझ कागबेनीमा भएको बस दुघटनाका घाइतेलाई बुधबार बिहान काठमाडौँ रिफर गरिएको छ । दुर्घटनामा घाईते भएका २० जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि पोखरा पठाईएको प्रहरी नायब उपरिक्षक रामहरी पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दुर्घटनामा ज्यान गुमाएका विराटनगर–८का गणेश सुवेदी र किर्तिपुर–१२ का शर्मिला दुलालको शब पनि आफन्तको जिम्मा लगाएर हेलिकोप्टर मार्फत काठमाडौँ पठाईएको छ । मृतक सवारीचालक बागलुङका खेमबहादुर बुढामगरको शब भने जिल्ला अस्पताल मुस्ताङमै छ । “आफन्तहरु आएपछि जिपमा बागलुङ पठाउने तयारी भइरहेको छ”, प्रनाउ पाण्डेले भन्नुभयो ।

मुक्तिनाथ दर्शन गरि जोमसोम फर्कदै गरेको ग १ ख ५५२९ नम्बरको बस बे्रक फेल भई दुर्घटना हुँदा तीनजनाको ज्यान जानुका साथै २० जना घाईते भएका थिए । मंगलबार साँझ नै थप उपचारका लागि रिफर गर्नुपर्ने भएपनि हेलिकोप्टर संभव नभएकाले बिहानमात्रै पठाईएको प्रहरीले जनाएको छ । “घाईते सबै खतरामुक्त छन्”, प्रनाउ पाण्डेले भन्नुभयो । तस्बिरः सुन्दरकुमार थकाली