दशैँको नवमी : म्याग्दीका कोतघरहरुमा बलि दिईयो( फोटो फिचर)
- १३ आश्विन २०७४, शुक्रबार
- 8671 पटक पढिएको
म्याग्दी, १३ असोज । बडा दशैँको महानवमीका दिन आज म्याग्दीका कोतघरहरुमा बलि दिएर पुजाआजा गरिएको छ । म्याग्दीको राखु भगवती, मौवाफाँट, पिप्ले लगायतका शक्तिपीठमा बलिसहित पूजा आराधना गरिएको हो ।
आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा देवीको पूजा आराधना समेत गरियो ।
आजको दिन कलपूर्जा, हातहतियार र सवारीसाधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।
पशुबलि नचढाउनेले भने आज पूजाकोठामा कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजा आराधना गर्दछन् ।
जिल्लामा रहेका ऐतिहाँसिक कोतमन्दिर तथा दशैँघरमा सरकारी मोलमोलाईमा रकम तिरेर पशु बलि दिईएको छ ।
कालरात्रीको दिन न्युनतम मुल्यभन्दा सबैभन्दा बढी रकम बाल गर्ने व्यक्तिले कोतहरुमा पुजा व्यवस्थापन समितिले गरेको व्यवस्थापनमा सरकारी मार हान्न पाउने व्यवस्था गरिएको हुन्छ ।
आफ्नो मनोकाँक्षा पुरा हुने जनविश्वासले हजाराँै रुपैयाँ बोल रकम तिरेर पशु बलिको मार हान्ने परम्परा रहेको छ । मार हान्ने व्यक्तिलाई स्थानीय स्तरमा भव्य सम्मान र बाजागाजा सहित घरमा पु¥याउने गरिन्छ ।