नेकपा माओवादी केन्द्र म्याग्दीद्धारा संघ र प्रदेशसभा निर्वाचनका लागि उमेद्वार सिफारीस

  • १२ आश्विन २०७४, बिहीबार
  • 5880 पटक पढिएको

म्याग्दी १२ असोज । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि उमेद्वारको नाम सिफारीस गरेको छ । नेकपा माओवादी केन्द्र म्याग्दीको बुधबार बेनीमा केन्द्रिय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यतामा बसेको बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वारको नाम प्रदेश र केन्द्रिय कमिटिमा सिफारीस गरेको हो ।

मंसिर १० गते पहिलो चरणमा चुनाव हुन निर्वाचनमा म्याग्दीलाई संघमा एक र प्रदेशमा २ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । प्रदेशतर्फ बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकालाई १ नम्बर निर्वाचन क्षेत्र र मालिका, मंगला र धौलागिरी गाउँपालिकालाई २ नम्बर निर्वाचन क्षेत्र कायम गरिएको छ ।

संघको प्रत्यक्षतर्फ जिल्ला संयोजक तथा पुर्व सभाषद् गोविन्द पौडेल, खुमनाथ सुवेदी र चन्द्रबहादुर घिमीरेलाई सिफारीस गरिएको सचिवालय सदस्य शेरबहादुर केसीले जानकारी दिनुभयो ।

यसैगरी समानुपातीकतर्फ विश्व सेन मल्ल र यामन रोकाको नाम सिफारीस भएको छ । प्रदेश सभाको क्षेत्र नम्बर १को प्रत्यक्षतर्फ सुवास बिक र हरि भण्डारी, क्षेत्र नम्बर २ मा पुनम खड्का, याम रोका र राजेन्द्र शेरचनलाई सिफारीस गरिएको छ । प्रदेशको समानुपातीकतर्फ क्षेत्र नम्बर १ मा ईन्द्रबहादुर पुन, हेमा छन्त्याल र लालकुमारी पुन तथा क्षेत्र नम्बर २ बाट टेकबहादुर बिक र होमलाल पुनको नाम सिफारीस भएको छ । जिल्लामा नेपाली काँग्रेस र नेकपा एमालेले पनी उमेद्वार सिफारीसको प्रक्रिया अघि बढाएको जनाएका छन् ।