जनताको मन जित्ने गरि काम गरेर देखाऔँ : माओवादी नेता शेरचन

परिवर्तनकारी शक्तिहरु माओवादी केन्द्रमा आउनुको विकल्प छैनः पौडेल

  • १० आश्विन २०७४, मंगलवार
  • 2829 पटक पढिएको

म्याग्दी, १० असोज । नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिबालय सदस्य अमिक शेरचनले जनताको मन जित्ने गरि काम गर्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल म्याग्दीबिचको एकता कार्यक्रमलाई मंगलवार बेनीमा उद्घाटन गर्दै नेता शेरचनले माओवादीले शसस्त्र संघर्षको समयमा गरेको जनशक्ताकै अभ्यासमा स्थानीय तहलाई अधिकार सम्पन्न गराईएको बताउँदै जनतालाई सेवा र सुविधा दिने गरि जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय तहको मर्म माओवादीले मात्रै बास्तविक रुपमा बोध गर्न सक्ने बताउँदै स्थानीय तहमा बिजयी माओवादीका उम्मेदवारहरुले अन्य जनप्रतिनिधिको तुलनामा जनपक्षिय र जनताको बास्तविक जिवनमा सुधार र परिवर्तन आउने गरि काम गरेर देखाउन आग्रह गर्नुभयो ।

‘‘ माओवादी जनयुद्धको जगबाट मुलुकमा अहिलेका परिवर्तत सम्भव भएका हुन्, अहिलेको गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातीक समावेशीता जस्ता उपलब्धिको रक्षा माओवादीले मात्रै गर्न सक्छ, त्यो जिम्मेवारी बहनको लागि पार्टीलाई मजबुत बनाउन जरुरी छ,’’–नेता शेरचनले भन्नुभयो ।
माओवादी केन्द्र अहिलेको परिवर्तनमा मात्रै रमाएर नबस्ने उद्घोष गर्दै उहाँले वास्तविक सर्वाहरा बर्गको हक, हित र अधिकार प्राप्तीको लागि अहिलेका उपलब्धि रक्षा गर्दै पार्टी थप संघर्ष र विद्रोहको दिशामा अगाडी बढ्ने समेत धारणा राख्नुभयो ।

उहाँले बामपन्थी आन्दोलनलाई उचाईमा पु¥याउने र सच्चा कम्युनिष्टहरुको नेतृत्व माओवादीले मात्रै गर्न सक्ने भन्दै विभाजीत भएका माओवादी धार र परिवर्तनकारी शक्तिहरु एकतामा आउनुको विकल्प नभएको समेत बताउनुभयो ।

उहाँले क्रान्तिलाई अगाडी बढाउन पार्टीमा अन्तरसंघर्ष अनिबार्य हुने भएकाले पार्टीभित्रको अन्तरविरोधकै कारण पार्टी विभाजन हुनु दुखुत हुने भन्दै पार्टीभित्रै बसेर क्रान्तिलाई पूर्णता दिनेतर्फ लाग्नुपर्ने आबश्यकता औँल्याउनुभयो ।


त्यस्तै सोही कार्यक्रममा बोल्नै नेकपा माओवादीका अर्का नेता देवेन्द्र पौडेलले माओवादीको संघर्षले ल्याएका उपलब्धीको रक्षा गर्नका लागि माओवादीहरुबिच एकता अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले परिवर्तनलाई पुरानै दिसातर्फ लैजान प्रतिमागीहरु सक्रिय भएको अबस्थामा मुलुकलाई अस्थीरताबाट जोगाउन आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा माओवादीलाई बिजयी गराउने गरि खटिने नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।

माओवादीहरु बिभाजन हुँदा मुलुकका परिवर्तन र समृद्धिका योजनाहरु पनि हराउने खतरा बढेको बताउँदै बाबुराम, बैद्य र बिप्लप नेतृत्वका नेता तथा कार्यकर्ताहरु पनि माओवादी केन्द्रमै फर्किएर एकताबद्ध भएर अगाडी बढ्न आबश्यक रहेकोमा जोड दिनुभयो ।