घुमाउनेतालमा यसरी भयो कालिगण्डकी रिसोर्टको सुभारम्भ (फोटो फिचर)
- ९ आश्विन २०७४, सोमबार
- कमल खत्री
- 5029 पटक पढिएको
म्याग्दी, ९ असोज । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेतालमा एक युवाले कालिगण्डकी रिसोर्ट सञ्चालन गर्नुभएको छ । वडा नम्बर ३ पिप्ले घर भएका ३९ बर्षका हरिबहादुर चन्दले करिब साढे १ करोड रुपैयाँ लगानीमा कालिगण्डकी रिसोर्ट एण्ड एचविसी स्विमिङ पुल सञ्चालनमा ल्याउनुभएको हो ।
करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको जग्गा भाडामा लिएर चन्दले सो रिसोर्ट सञ्चालन गर्नुभएको हो । असोज ७ र ८ गते प्रत्येक्ष दोहोरी साँझ सहित औपचारीक रुपमा रिसोर्ट सुभारम्भ गरेका सञ्चालक चन्दले स्विमिङ पुल, पाहुना बस्ने कोठा, गार्डेन, पार्किङ, लगायतको पूर्वाधार निर्माण गरिरहेको बताउनुभयो ।
‘अर्गानिक र हाईजनिक’ परिकारको केन्द्र बनाउने मुख्य लक्ष्य सहित रिसोर्ट सञ्चालन गर्नुभएका चन्दले ग्राहकलाई हाँस, माछा, कुखुरा, खसी, बँदेल लगायत स्थानीय उत्पादनहरुको स्वाद प्रमुख परिकारको रुपमा रहेको बताउनुभयो ।
म्याग्दी संगै बेनी–जोमसोम सडक हुँदै मुस्ताङ जिल्लाको भम्रणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित सुभारम्भ गरिएको यस रिसोर्टमा जिल्लामै पहिलो पटक स्विमिङ पुलको आनन्द समेत लिन सक्ने व्यवस्था गर्नेछ ।
शनिवार र आईतवार गरि दुई दिनसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रत्येक्ष दोहोरी गित सहितको साँस्कृतिक कार्यक्रमका साथ औपचारीक रुपमा रिसोट सञ्चालन गर्नुभएका चन्दले सुरुवातमा हरेक महिना एक दिन दोहोरी साझँ समेत राख्ने जानकारी दिनुभयो ।
पाहुनलाई स्थानीय उत्पादनको स्वाद चखाउने लक्ष्यका साथ चन्दले कुखुरा, हाँस र माछा पालनलाई समेत संगसंगै अगाडी बढाउनुभएको छ । ४ बर्ष सम्म कोरियामा बसेर फर्किएपछि आफ्नै ठाउँमा केही गरौँ भन्ने अठोटका साथ रिसोर्ट सञ्चालन गर्नुभएका उहाँले कोरियामा हाँसको आकर्षक परिकार बनाउन सिकेको सिपलाई आफ्नो रिसोर्टमा पनि उपयोग गर्ने बताउनुभयो ।
‘‘ ४० देखि ५० जना सम्म न्युनतम रुपमा बास बस्न सक्ने गरि रिसोर्टको क्षमता विस्तार भईरहेको छ, मिटिङ हल सहित पार्टी प्यालेस सहितका सुविधाहरु पनि छन्’’– चन्दले भन्नुभयो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l