रत्नेचौर युवा कल्वको पुर्नगठन

  • ९ आश्विन २०७४, सोमबार
  • 1439 पटक पढिएको

 

म्याग्दी, ९ असोज । बेनी नगरपालीका १ मा रहेको रत्नेचौर युवा कल्वको आईतबार पुर्नगठन भएको छ । श्याम रोकाको अध्यक्षतामा गठन भएको कल्वको उपाध्यक्षमा नविन खत्री, सचिवमा प्रकाश महत, सहसचिवमा लवकुश शर्मा, कोषाध्यक्षमा मिनबहादुर रावल रहनुभएको छ ।

सदस्यहरुमा धान्य बोगटी, राम थापा, सुमन खड्का, भुपेन्द्र थापा, बिशाल नेपाली र रामबहादुर रोका चयन हुनुभएको छ । भरत खत्री, ओम रोका र एकेन्द्र महत सल्लाहकार तथा सेते किसान र पदम रावल बरिष्ठ सल्लाहकार रहनुभएको छ ।

सो कार्यक्रममा वडा अध्यक्ष टेकबहादुर रावलले सामाजिक परिवर्तन र विकास निर्माणको काममा युवाहरुले रचनात्मक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सेते किसान, गणेशबहादुर महत, एकेन्द्रबहादुर महत लगायतले मन्तब्य व्यक्त गर्नुभएको वडाका सामाजिक परिचालक कुमार थापाले बताउनुभयो ।