२० वर्षको प्रयासपछि बन्यो मार्फा आमा समूहको भवन
- ५ आश्विन २०७४, बिहीबार
- सुन्दर कुमार थकाली
- 2573 पटक पढिएको
मार्फाली जागरुक आमा समूहले लामो अथक प्रयासका बाबजुद अन्ततःबिभिन्न श्रोतसाधन जुटाएर आफ्नै निजि भवन निर्माण गर्न सफल भएका छन् । सो समूहले निर्माण गरेको २ तले पक्की भवनको पूर्व बाणिज्य मन्त्री रोमी गौचन थकालीले बिहिवार एक कार्यक्रमबीच उद्घाटन गरे। साविक मार्फा गाविस र हालको घरपझोङ गाउँपालिका २ मार्फाको कृषि बागवानी बिकासकेन्द्र संग जोडिएको करिव १ रोपनी क्षेत्रफलमा मार्फा आमा समूहले करिव ३५ लाख लागतमा भवन निर्माण गरेको हो । भवन निर्माणका लागि सांसद बिकासकोषबाट २० लाख,साविक मार्फा गाविसबाट १ लाख ३० हजार र ग्रामिण सहरी बिकास कार्यालयबाट २ लाख ८० हजार आर्थिक सहयोग उपलब्ध भएको समूहकी सचिव पबित्रा लालचनले जानकारी दिईन् ।
सचिव लालचनका अनुसार भवन निर्माणमा नपूग आर्थिक रकम जनसहयोग र श्रमदानबाट पूरा गरिएको बताईन् ।उनले भवन निर्माण भएपनि आमा समूह भवनको थप पूर्वाधार बिकासका काम अझै बाँकी भएको बताईन् ।उनले भवनको किचन कोठा निर्माण गर्न गाउँपालिकाले ५ लाख आर्थिक सहयोग उपलब्ध गर्ने बचन दिएको स्पष्ट पारिन् ।सो समूहको भवन निर्माण गर्न बिभिन्न ठाउँमा जग्गा छनौट भएपनि अन्नतः बागबानी केन्द्रकै छेउछाउमा जग्गा उपलब्ध भएको हो ।सरकारी स्वामित्वमा रहेको उक्त जग्गालाई गाउँपालिका तथा स्थानीय गाउँ समाजले अनुमति प्रदान गरेको हो ।भवन रहेको पश्चिमतीरबाट बहने ठाडो खोलाले वर्षायाममा जोखिममा पर्नसक्ने बताउँदै मार्फाली आमाहरुले आवश्यक तटबन्ध निर्माण गरिदिन संम्वन्धित निकाय समक्ष आग्रह गरेका थिए । समूहको नवनिर्मित भवनको समूद्घाटन गर्दे पूर्व बाणिज्यमन्त्री रोमी गौचन थकालीले मार्फाली आमा समूहको एक्येबद्धता र सहकार्यको प्रंशासा गर्दे सामाजिकक्षेत्रको बिकासमा जुट्न आग्रह गरे ।
उनले धार्मिक ,सांस्कृतिक र आर्थिक संम्वन्धका कारण मुस्ताङका आमा समूह सोतन्त्र र अधिकार सम्पन्न भएको बताउँदै यसप्रकार रचनात्मककार्यका लागि आफु जुनसुकै अवस्थामा रहेपनि सहयोग गर्न तयार रहेको बताए ।प्रमूख जिल्ला अधिकारी रामचन्द्र तिवारीले अन्य जिल्लाको तुलनामा मुस्ताङका आमा समूह अधिकारमुखि भएको बताए ।उनले यहाँका आमा दिदी बैनीमा धैर्यता शाहसको अभूतपूर्व नमूना पाएको उल्लेख गदै आमा समूहलाई थप उद्यमशिलताको बिकासमा जुट्न आग्रह गरे ।कार्यक्रममा घरपझोङ गाउँपालिकाका अध्यक्ष आश बहादुर थकाली तथा उपाध्यक्ष शर्मिला गुरुङले आमा समूहले गरेको लामो प्रयासले भवन निर्माण गर्न सफल भएको बताउँदै समूहले थालेका सकात्मककार्यमा गाउँपालिका सकारात्मक रहने बताए ।उनीहरुले आमा समूह उद्यमशिलतामात्र नभई गाउँपालिका भएका बिकृति बिसङ्गति बिरुद्ध पनि एक्येबद्धताको खाँचो औल्याए ।
कार्यक्रममा पूर्व जिविस सभापति भक्ति हिराचनले पनि समाज रुपान्तरणमा महिलाको भूमिका अग्रणी हुँने बताए । मार्फाली आमा समूहको गठन २०५३ सालमा भएको हो ।मार्फामा बिभिन्न समूहको भवन भएतापनि आमा समूहको भवन निर्माण हुँन सकेको थिएन ।सो अवसरमा निर्वतमान आमा समूहकी अध्यक्ष सरला हिराचनले बिभिन्न आरोह अवरोह झेल्दै समूहले भवन निर्माणकार्य सम्पन्न गरेको बताईन् ।कार्यक्रममा समूहकी सचिव पबित्रा लालचनले भवन निर्माण प्रतिबेदन सार्वजनिक गरेकी थिईन् मार्फा आमा समूहकी नवनिर्वाचित अध्यक्ष ६५ वर्षिय लाल कुमारी हिराचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिल्ला समन्वय समितिकी सदस्य कल्पना हिराचनको स्वागत तथा संञ्चालन कमला लालचनले गरेकी थिईन् ।सो अवसरमा सो समूहको निवर्तमान कार्यसमितिका सदस्यहरुलाई प्रजिअ रामचन्द्र तिवारीले खादाँ लगाई सम्मान गरेका थिए ।