लिटिल गार्डेनले मनाएको १४ औ वार्षिक उत्सव र अभिभावक दिवस
- ४ आश्विन २०७४, बुधबार
- सन्तोष गौतम
- 2313 पटक पढिएको
म्याग्दी, ४ असोज । बेनीमा रहेको लिटील गार्डेन एकेडेमीले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर १४ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिक उत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष देवेन्द्र केसीले सक्षम र योग्य नागरीक उत्पादनका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।
निमित्त जिल्ला शिक्षा अधिकारी दलबहादुर थापाले शैक्षिक सुधारका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक संवेदनशिल बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बानिया र पुर्व प्राथमिक तहको अभिभावक संघका अध्यक्ष सन्तोष गौतमले शैक्षिक नतिजाको हिसावले लिटील गार्डेन जिल्लामै अगाडी रहेको बताउनुभयो । प्रिन्सीपल खुमबहादुर केसीले विद्यालयको गतिबिधीको बारेमा जानकारी गराउँदै २०७३ कौ एसईई परिक्षाको औसत नतिजामा लिटील गार्डेन जिल्लामा अगाडी रहेको बताउनुभयो । अभिभावक घनश्याम खड्का, विद्यार्थी सुदिप्ता पौडेल र अमिसा परियारले पनी शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सो समारोहमा भदौ ३१ गते देखि विद्यालयमा सञ्चालित खेलकुद प्रतियोगिताका बिजेता, उत्कृष्ट शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । विद्यालयका विद्यार्थीहरुले नृत्य र कलाकार सुर्य घतानेले गित प्रस्तुत गर्नुभएको थियो । विद्यालयका प्रिन्सीपल खुमबहादुर केसीको अध्यक्षता, शिक्षक कमल रिजालको सञ्चालन र शिक्षीका ईन्दिरा आचार्यको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।