फुलवारीमा विद्यार्थी विच पढाई प्रतिस्पर्धा
- २७ भाद्र २०७४, मंगलवार
- 1869 पटक पढिएको
म्याग्दी, २७ भदौ । पूस्तकालय कोठा, त्यसमा पनि खचाखच विद्यार्थीको विचमा पढाई प्रतिस्पर्धामा सहभागि विद्यार्थी । अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लाका ग्रामिण क्षेत्रका विद्यालयमा स्थापित पुस्तकालयमा नयाँ र नौलो तरिकाले विद्यार्थीलाई पुस्तकालय प्रति आर्कषित बनाइएको छ ।मालिका गाउँपालिका–४ ओखरबोटको फुलबारीमा अवस्थित पुरुषोत्तम आधारभुत विद्यालयमा विद्यार्थी विच पठन प्रस्तिपर्धाको आयोजना गरिएको छ ।
रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन बागलुङको ब्यवस्थापनमा विगत चारबर्ष अगाडी विद्यालयमा स्थापना गरिएको पुस्तकालयमा विद्यार्थीको उपस्थितीमा विद्यार्थीको स्तर अनुसारको पुस्तक उपलब्ध गराएर समय, शुद्ध उच्चारण, लयबद्ध, हाउभाउको आधारमा उत्कृष्ट विद्यार्थी छनौट गरिएको विद्यालयका प्रधानध्यापक चुडामणी सापकोटाले बताउनुभयो । उहाँका अनुसार पुस्तकालयले विद्यार्थीको स्तर पहिचान, पढ्ने बानीको विकासमा उल्लेखनीय सुधार आएको बताउँदै यस्ता गतिविधिलाई निरन्तरता दिने बताए ।
प्रतियोगितामा कक्षा ३ का अनिल पटेल प्रथम, बसन्त पुन द्धितिय, विशाल पुन तृतिय, त्यस्तै कक्षा ४ बाट सुशील खाती प्रथम, प्रविण रसाईली द्धितिय र बिपना पटेल तृतिय भएका थिए । त्यस्तै कक्षा ५ मा सुन्दर पुन प्रथम, सचिता सापकोटा द्धितिय र एस्टर पटेल तृतिय भएका थिए । विद्यार्थीको उपस्थितीमा गरिएको बाचन प्रतियोगिताले अन्य विद्यार्थीलाई समेत अध्ययनप्रति रुची बढाएको थियो । पूस्तकालयलाई निरक्षर उन्मुलनको उपयुक्त माध्यम बनाउने अभियान स्वरुप अभिभाव आर्कषित गरिएको विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले बताए ।
पुस्तकालयमा अक्षर चिनाउने अभियान, एक घर एक पुस्तक, धेरै पूस्तक पढ्नेलाई सम्मान, घरदैलो पुस्तकालय लगाएतका कार्यक्रम समेत सञ्चालन गरिएको छ । शिक्षा तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा भदौ महिनाभर सन् २०१४ मा स्थापना भएका पुस्तकालयमा कार्यक्रम गरिने छ ।