कोरियाबाट करिब ६ लाख संकलित रकम दिवंगत शिवको परिवारलाई हस्तान्तरण
- २७ भाद्र २०७४, मंगलवार
- 5348 पटक पढिएको
म्याग्दी, २७ भदौ । संकलित रकम रोजगारको शिलशिलामा दक्षिण कोरियामै ज्यान गुमाएका रघुंगगा गाउँपालिका २ राखु भगवतीका शिब कार्कीको परिवारलाई हस्तान्तरण गरिएको छ । दक्षिण कोरियामा रहेका म्याग्देलीबाट संकलन भएको ५ लाख ८५ हजार रुपैया रकम आईतबार परिवारलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।
कोरियामा रहेका यू मल्लको नेतृत्वमा सो रकम संकलन भएको सह–संयोजक सुमन पौडेललले बताउनुभयो । सो संकलित रकम आर्थिक संकलनका सह–संयोजक सुमन पौडेल र र अविनाश काकीले परिवारलाई हस्तान्तरण गरेका हुन् । सो रकम मध्य ३लाख ६५ हजार दिवंगत शिवको बुबालाई हस्तान्तरण गरिएको छ । त्यसमध्ये २ लाख रकम दिवंगत शिवको भान्जालाई पढाई खर्चका लागि सहयोग गरिएको छ ।२० हजार कोरियामै हुदाँ शिवले तिुर्नपर्ने रकममा खर्च भएको पौडेलले जानकारी गराउनुभयो ।
आइतबार रघुगंगा गाउँपालिका २ राखु भगवतीको वडा कार्यालयमा बडा अध्यक्ष रिम केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवीहरुको उपस्थितमा दिवंगत कार्कीको परिवारलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बौल्दै पौडेलले बाध्यताले विदेशमा पुगेका आफन्तलाई पैसा भन्दा पनि स्वास्थ्य अवस्था सोध्न आग्रह गर्नुभएको थियो । संकलन अभियानमा सहयोग गर्नुहुने साथिहरुको विवरण प्रस्तुत तथा म्याग्देली दाजुभाइको कोरियाको अवस्था जानकारी गराउनुभएको थियो ।
सो हस्तान्तरण कार्यक्रममा राखुभगवतीका समाजसेवी देवेन्द्रबहादुर मल्ले कोरियामा रहेको म्याग्देलीहरुको सहयोग प्रति धन्यवाद ब्यक्तगर्नुभएको थियो । त्यस्तै वडा अध्यक्ष केसीले हरेक दुखद परिस्थितिमा रोजगारको शिलशिलामा विदेश रहेका म्याग्देलीहरुको सहयोगले धेरैको ज्यान बचेको हुदाँ सहयोगप्रति धन्यबाद दिदै यो सहयोग निरन्तर समाजमा आवश्यक रहेको बताउनुभयो ।