देउराली महिला बचत तथा ऋण सहकारी संस्थाको पाचौँ साधारण सभा सम्पन्न

  • २५ भाद्र २०७४, आईतवार
  • धिरन खत्री
  • 1317 पटक पढिएको

म्याग्दी, २५ भदौँ । देउराली महिला बचत तथा ऋृण सहकारी संस्थाको पाचौँ साधारण सभा सम्पन्न भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका– ५ झिँ मा रहेको सहकारीकोे गतिविधि शनिबार महेन्द्र माविको प्राङ्गरणमा आयोजित पाचौँ साधारण सभामा प्रस्तुत गरेको हो ।

उक्त साधारण सभामा आर्थिक बर्ष ७३÷७४ को प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीको प्रगति प्रतिवेदन सचिव रामकुमारी थजाली र आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिलु पुर्जाले राख्नुभएको थियो । ३५० शियर सदस्य रहेको सहकारीमा १ करोड ९ लाखको आर्थिक कारोबार भएको थियो । जसमध्ये ९४ लाख लगानी भएको थियो, ३८ लाख बैदेशिक, १५ लाख ब्यापार, २ लाख स्वास्थ्य लगायतको क्षेत्रमा लगानी गरिएको सहकारीले जानकारी गराएको छ।

सो पाँचौ साधारण सभालाई उद्घाट्न गर्दै वडा सदस्य बलबहादुर शेरपुन्जाले सहकारीको लगानी कृषि र पशुपालन र ब्यवसायमा लगानी गरियो भने समुदायमा आर्थिक कमजोर भएका परिवारलाई आत्मनिर्भर हुन सहयोग पु¥याउने बताउनुभयो । सो सभामा वडा सदस्य धनमाया घताने, हिरादेवी विक, सहकारी लेखा संयोजक रिति थजाली, महेन्द्र माविका ब्यवस्थापन समितिका सदस्य पदम शेरपुन्जा, तथा राजनीतिक दलका प्रतिनिधि लगायतले मन्तव्य राखेका थिए ।

सहकारीका अध्यक्ष श्रीमाया शेरपुन्जाको अध्यक्षता, सदस्य यामकुमारीको स्वागत मन्तव्य रहेको सभाको संचालन सचिव रामकुमारी थजालीले गर्नुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l