एनआरएनए पोर्चुगलको सदस्यमा म्याग्दीका केसीको उम्मेदवारी

  • २० भाद्र २०७४, मंगलवार
  • 4354 पटक पढिएको

म्याग्दी, २० भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको कार्य समिति सस्यमा म्याग्दीका एक युवाले उम्मेदवारी दिएका छन् । सेप्टेम्बर १० मा हुन लागेको एनआरएनए पोर्चुगलको निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पार्चुगलमा रहेका वकिल केसी (विन्दास)ले सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।


उनले एनआरएनए पोर्चुगलको संस्थागत विकास, त्यहाँ रहेका नेपालीहरुको समस्या समाधान र स्वदेशमा भैपरि आउने दुख सुखमा साथ दिनका निम्ती आफुले सदस्य पदमा उम्मेदवारी दिएको बताए ।

सदस्य पदमा उम्मेदवारी दिएका केसीलाई बिजयी गराउन त्यहाँ रहेका राखुबासीहरुले आह्वान समेत गरेका छन् । केसीले त्यहाँ रहेपनि विभिन्न सामाजिक कार्यहरुमा समेत सक्रिय सहभागिता जनाउँदै आएका छन् ।