जनता माविमा छात्राबृत्ति वितरण
- १८ भाद्र २०७४, आईतवार
- 2451 पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामा रहेको जनता मावि मा स्वर्गीय रत्नबहादुर गर्वुजाको स्मृतिमा उहाँको छोरा यौमन गर्वुजाले स्थापना गर्नुभएको रु ५० हजारको अक्षयकोषबाट पाँच जना विद्यार्थीलाई छात्रावृत्ति वितरण गरिएको ।
विद्यालयमा अध्ययनरत तिलक तिलिजा, ईलिना पाईजा, लिलकुमारी पुन , एमुना विक र अभिषेक गर्वुजालाई जनही रु १ हजारका दरले छात्राबृत्ति प्रदान गरिएको हो । सोही कार्यक्रममा पुरकार कोष स्थापना गर्नुभएका यौमन गर्वुजाले रु ५ हजार बराबरको पुस्तक विद्यालयको पुस्तकालयलाई हस्तान्तरण गर्नुभएको थियो ।
एकता युवा क्लबको आयोजनामा भएको कार्यक्रम वडा अध्यक्ष एकबहादुर गर्वुजाको अध्यक्षता, समाजसेवी खमवीर गर्वुजाको प्रमुख आतित्यथा, विद्यालय व्यवस्थापन समितिका सदस्य धनिलाल गर्वुजा, एकता युवा क्लबका सचिक कृष्ण गर्वुजा, विद्यालयका प्रअ गुन पुनको शुभकामना मन्तव्य, पविन गर्वुजाको स्वागत र खड्क गर्वुजाको सञ्चालनमा सम्पन्न भएको थियो ।
