मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि चुनावलाई लक्षित गरि माओवादी केन्द्रको तयारी तिव्र

  • १८ भाद्र २०७४, आईतवार
  • धिरन खत्री
  • 1855 पटक पढिएको

म्याग्दी, १८ भदौँ । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि चुनावलाई लक्षित गरेर आन्तरिक तयारी तिव्र पारेको छ । मंसिर १० गते हुने चुनावलाई लक्षित गरेर बेनी नगरपालिका र ५ गाउँपालिकाको लागि कार्यविभाज गरेको छ ।


निर्वाचन लक्षित गरि प्रदेश संयोजक हरि अधिकारीको प्रमुख आतिथ्यतामा जिल्ला इन्चार्ज मानबहादुर बुढामगर, जिल्ला संयोजक गोविन्द्र पौडेलको संचालनमा विगत कमिकमजोरीलाई विश्लेषण गर्दै नयाँ कार्यविभाजन भएको थियो । बैशाख ३१ भएको चुनावमा भएको गतिविधि नगरपालिका अध्यक्ष शेरबहादुर केसी, मंगला गाउँपालिका अध्यक्ष, चन्द्रप्रसाद बुढाथोकी, मालिका गाउपालिका अध्यक्ष, धौलागिरिगाउँपालिका अध्यक्ष यमन रोका, रघुगंगा गाउँपालिका अध्यक्ष रिम केसी, अन्नपुर्ण गाउँपालिका अध्यक्ष बुद्धि पुन लगायतल विगतको गतिविधि राख्दै आगामी रणनीतिबारे जानकारी गराएको थिए । बैठकले विगतको समिक्षा गर्दै आगामी चुनाव लक्षित गरि नगर तथा गाउँपालिका यथार्थ विवरण जनताबाट बुझेर चुनावमा जाने तयारी भएको नगर अध्यक्ष शेर केसीले जानकारी दिनुभयो ।प्रदेश र प्रतिनिधि चुनावलाई लक्षित गरेर माओवादी केन्द्रको मूख्य कार्यलयको जिम्मेवारी चन्द्रबहादुर घिमिरेलाई दिएको छ ।

म्याग्दी जिल्ला प्रदेश चुनावका लागि २ क्षेत्र विभाज र केन्द्रको प्रतिनिधि १ क्षेत्र रहेको छ । प्रदेश तथा प्रतिनिधि चुनावलाई लक्षित गरेर बेनी नगरपालिका, अन्नपुर्ण गाउँपालिका, रघुगंगा गाउँपालिकाको बस्तुस्थिति लिन लिन गोविन्द्र केसी, शेरबहादुर केसी, विनोद केसी, कुमार थापा लगायतको टिमलाई परिचालन गरिने भएको छ । भने मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई लक्षित गरेर मानबहादुर बुढामगर, पुनम खड्का, चन्द्रप्रसाद बुढाथोकी, देवराज सुवेदी, राजेन्द्र शेरचन, खुमनाथ सुवेदी लगायतको टिम परिचालन भएको छ । असोज १ गतेभित्र त्यहाँको गतिविधि पत्ता लगाई छलफल गरि आगामी चुवाव रणनीति निर्माण गर्ने योजना रहेको छ ।

त्यस्तै बेनी नगरकमिटिले अध्यक्ष शेरबहादुर केसीको संचालन तथा जिल्ला संयोजक गोविन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको बैठकमा नगरको प्रत्येक वडा संयोजकले गतिविधि रिपोटिङ्ग गरेका थिए । रिपोटिङ्ग माथि छलफलपछि विनोद केसीको अध्यक्षतामा ११ सदस्य रहेको जनपरिषद गठन गरिएको छ । आगामी चुनावलाई लक्षित गरेर नगरपालिकामा जिम्मेवारी विभाज गरिएको छ । नगरपालिको ४,५,६ वडामा विनोद केसी, ३र १० मा कुमार थापा, २ र ७ मा कुशल पौडेल, १,८ र ९ मा शेरबहादुर लाई खटाईएको छ ।

त्यस्तै नगरपालिकामा वाइसिएलको जिम्मेवारी, नेगन्द्र केसी, दलिमा विधुर विक, मजदुरमा पदम किसान, विद्यार्थीमा गणेश शर्मा, महिलामा अम्विका ढुंगना र मगर मुक्ति मोर्चामा नरबहादुर थापालाई जिम्मेवारी दिएको छ । जिम्मेवारी सहित बेनी नगरपालिका ४ मा विगतको चुनावलाई समिक्षा गदै आगामी चुनावी योजना सहित छलफल सम्पन्न भएको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l