गतिशिल युवा क्लबद्धारा श्रमदान मार्फत साघु निर्माण
- १८ भाद्र २०७४, आईतवार
- 3499 पटक पढिएको
म्याग्दी, १८ भदौ । मंगला गाउँपालीका ३ बरंजाका युवाहरुले झ्याप्रे खोलामा काठको साँघु निर्माण गरेका छन् । गतिशिल युवा क्लबमा आवद्ध बिस जना युवाहरुले एक दिन श्रमदान गरेर साँघु निर्माण गरेका हुन् । साँघु निर्माण भएपछि बरंजा, धापुङ र महेशगाउँका बासिन्दालाई आवत जावतमा सहज भएको छ । यसैबीच सो कल्वको शनिबार रणबहादुर बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति पुर्नगठन भएको छ ।
कल्वको उपाध्यक्षमा खिमनाथ आचार्य, सचिवमा सुवास श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र बुढाथोकी, सहसचिवमा केशव बुढाथोकी रहनुभएको छ । यस्तै सदस्यहरुमा होमनाथ सापकोटा, अनिता रोका, लिला विश्वकर्मा, सोमबहादुर रोका, बिरेन्द्र रोका र भिम रोका तथा बरिष्ठ सल्लाहकार एवं खेलकुद अध्यक्षमा डेगबहादुर थापा चयन हुनुभएको छ ।