तराईका बाढी पीडितलाई १ लाख सहयोग

  • १५ भाद्र २०७४, बिहीबार
  • सुन्दर कुमार थकाली
  • 2053 पटक पढिएको

मुस्ताङ १५ भदौ । ‘हिमाल,पहाड,तराई, कोही छैन पराई’ भन्ने उद्घोष सहित कर्मचारी मिलनकेन्द्र तथा जोमसोम महिला समूहले तराईका बाढी पीडितलाई अलग—अलग गरि १ लाख आर्थिक सहयोग प्रदान गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा बुधवार जोमसोम महिला समूहको तर्फबाट संस्थाकी अध्यक्ष शर्मिला गुरुङ र बिहिवार कर्मचारी मिलनकेन्द्रको तर्फबाट संस्थाका अध्यक्ष महेश पौडेलले निमित्त प्रजिअ लक्ष्मण बहादुर खड्का समक्ष ५०,५० हजारको अलग अलग चेक हस्तारण गरेका थिए।

यि दुई संस्थाले बुझाएको आर्थिक सहयोग प्रधानमन्त्री दैवीप्रकोप राहत कोष नाममा नेपाल बैङ्कको खाता नं.००२००१००५१००३९०००००१ दाखिला हुँने निमित्त प्रजिअ लक्ष्मण बहादुर खड्काले जानकारी दिए । सो अवसरमा कर्मचारी मिलनकेन्द्रले संस्थाका सदस्य राष्ट्रिय अनुसंन्धान कार्यलय जोमसोम कार्यरत वरिष्ठ अनुसंन्धान सहायक योगेन्द्र खड्काको उपचारका क्रममा निधन भएकोमा गहिरो शोक व्यक्त गर्दे राहत स्वरुप क्रियाखर्च नगद १० हजार राहत प्रदान गरेको छ ।उक्त रुपैया मिलनकेन्द्रका अध्यक्ष महेश पौडेलले अनुसन्धान कार्यालयका प्रमूख महेश गुरुङलाई हस्तान्तरण गरेका थिए ।

निमित्त प्रजिअ लक्ष्मण बहादुर खड्काले तराईका बाढी पीडितलाई हिमालपारीबाट थोरै भएपनि आर्थिक सहयोग उपलब्ध गराएकोमा कर्मचारी मिलनकेन्द्र र जोमसोम महिला समूहको प्रशंसा गरे ।उनले तराईका बाढी पीडित आहत भएको अवस्थामा यसप्रकारका सहयोगले उनीहरुको पीडामा मलमपट्टी लगाउँने उल्लेख गरे । कर्मचारी मिलनकेन्द्रका अध्यक्ष महेश पौडेलले बाढी पीडितलाई थोरै भएपनि सहयोग पूगोस् भन्ने उद्धेश्यले मिलनकेन्द्रले रकम उपलब्ध गराएको बताए ।उनले देश दुखेको बेला सबै क्षेत्रबाट यसप्रकारको सहयोग हुनुपर्ने बताए

सुन्दर कुमार थकाली