ट्याक्सी दुर्घटनामा चालकको मृत्यु
- २२ मंसिर २०८२, आईतवार
- 43 पटक पढिएको
म्याग्दी, २१ मङ्सिर । म्याग्दीको बेनी–दरबाङ सडकखण्ड अन्तर्गत मंगला गाउँपालिका– २ रणबाङ स्थित खहरेखोलामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बावियाचौरमा यात्रु छाडेर फर्कदै गरेको ध १ ज ९९० नम्बरको ट्याक्सी सडकबाट म्याग्दी नदीतर्फ खसेर दुर्घटना हुँदा चालक ३७ बर्षिय सुजन सेनको मृत्यु भएको हो ।
गयराती दुर्घटनामा परेका सेनको आइतवार विहान म्याग्दी नदीको किनारमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार, नदी किनारमा चालक मृत भेटिएपनि ट्याक्सी नदीले बगाएकोले नेपाल प्रहरी,शसस्त्र प्रहरी बल नारच्याङको गोताखोर टोली र स्थानीयबासीहरुले खोजी गरी बाहिर निकालिएको छ ।
मृतक सेनको शबलाई प्रदेश अस्पताल बेनीमा शब परिक्षण गरी अन्तिम संस्कारको लागि आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसंधानको क्रममा सडकबाट दुर्घटनामा परेको ट्याक्सीमा चालक मात्रै सवार रहेको पाईएको र घटनाको थप अनुसंधान भइरहेको प्रहरी निरिक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।