बालदिवसको अवसरमा अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता आयोजना
- १४ भाद्र २०७४, बुधबार
- धिरन खत्री
- 2315 पटक पढिएको
म्याग्दी,१४ भदौँ । म्याग्दीको बेनीबजारमा बालदिवसको अवसरमा धौलागिरि अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा भदौ २६ र २७ गते राष्ट्रिय बालदिवसको अवसरमा खुल्ला बाल लोकगित आयोजना गरिएको हो ।
धौलागिरि अञ्चलभित्र लुकेर रहेको बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको जिल्ला बालसंजालका उपाध्यक्ष थपप्रसाद आचार्यले बताउनुभयो । बालमैत्री शासन, बालअधिकारको सम्मान गर्ने मूल उद्देश्यले जिल्लाका विद्यालयलाई सहभागि गरेरे विद्यार्थीको क्षमता पहिचान गर्न लोकगित आयोजना गरिएको आचार्यले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय तृतिय र सान्त्वना हुनेलाई प्रमाणपत्रसहित नगद, क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार पुरुस्कार राखिएको जिल्ला बालसंजाल म्याग्दीका सचिव रन्जना श्रेष्ठले जानकारी दिनुभयो । दुईदिनसम्म चल्ने प्रतियोगिता बेनीबजारको क्याम्पसचोकमा रहेको रुचीचलचित्र मन्दिरमा रहने जनाइएको छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l