गण्डकीमा कुन कार्यालय खारेज भए, कुन कार्यालय कहाँ गाभिए ? (सूची)

  • २७ श्रावण २०८२, सोमबार
  • 27 पटक पढिएको

पोखरा । गण्डकी प्रदेश सरकारले व्यापक रूपमा कार्यालय खारेज र मर्ज गरेको छ । प्रदेश सरकारले विभिन्न ७ वटा निर्देशनालय खारेज गर्ने र ३२ वटा कार्यालयहरूलाई एक आपसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले ७ वटा निर्देशनालयसहित ९ वटा निकाय खारेज गरेको छ।

बैठकले ३२ वटा कार्यालयहरू गाभेर १७ वटामा झारेको छ। जसमध्ये अधिकांश जिल्ला कार्यालयहरू रहेका छन्। प्रदेश सरकारले खर्च कटौतीका लागि मन्त्रालय मातहतका निर्देशनालयदेखि जिल्ला तहका कार्यालयहरू खारेजी र गाभ्ने निर्णय गरेको हो। यसरी खारेज गरिएका कार्यालयहरूबाट कर्मचारीलाई दिने तलब लगायत सुविधाबापत ५० करोड रुपैयाँसम्म बचत हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार खारेज भएका निर्देशनालय र केन्द्रहरू 

१. कृषि विकास निर्देशनालय

२. पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

३. स्वास्थ्य निर्देशनालय

४. शिक्षा विकास निर्देशनालय

५. प्रादेशिक स्वास्थ्य तालिम केन्द्र

६. प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

७. पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय

८. प्रादेशिक स्वास्थ्य तालिम केन्द्र

९. प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

३२ कार्यालय गाभिएर १७ मा सीमित

यसैगरी प्रदेश सरकारले विभिन्न जिल्लामा रहेका ३२ वटा कार्यालयलाई एक आपसमा गाभेर १७ वटामा सीमित गरेको छ । खासगरी पर्यटन र सामाजिक विकास कार्यालयहरू मर्ज गरिएको छ ।

पर्यटन तथा उद्योगतर्फ : 

१. म्याग्दी र मुस्ताङ गाभेर म्याग्दीमा राख्ने

२. पर्यटन कार्यालय बागलुङ र पर्वतलाई गाभेर पर्वतमा राख्ने

३. कास्की र स्याङ्जा गाभेर कास्कीमा राख्ने

४. पर्यटन कार्यालय गोरखा र तनहुँलाई गाभेर गोरखामा राख्ने

५. लमजुङ र मनाङ गाभेर लमजुङमा राख्ने

६. नवलपुरको कार्यालय नचलाउने

सामाजिक विकासतर्फ  

१. म्याग्दी र मुस्ताङ गाभेर म्याग्दीमा राख्ने

२. बागलुङ र पर्वत गाभेर बागलुङमा राख्ने

३.  कास्की र स्याङ्जालई गाभेर स्याङ्जामा राख्ने

४. तनहुँ र गोरखा गाभेर तनहुँमा राख्ने

५. लमजुङ र मनाङ गाभेर लमजुङमा राख्ने

६. नवलपुर कार्यालय नचलाउने

कृषि : मनाङ र मुस्ताङमा रहेको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई गाभेर एकीकृत कार्यालय बनाइएको छ।

प्रयोगशाला :  बागवानी तथा मत्स्य परीक्षण प्रयोगशाला र प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रलाई गाभेर एकीकृत प्रयोगशाला बनाइएको छ।