म्याग्दी ट्याक्सी व्यवसायी समितिको दशौँ साधारणसभा सम्पन्न
- १० भाद्र २०७४, शनिबार
- कमल खत्री
- 2391 पटक पढिएको
म्याग्दी, १० भदौ । म्याग्दी ट्याक्सी व्यवसायी समितिको दसौ साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको अबसरमा समितिले संस्थाको संस्थागत विकासमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । समितिले पुर्व जिल्ला ट्राफिक प्रमुख विकास तिमिल्सीना र संस्थापक अध्यक्ष तथा संरक्षक बिनोद केसीलाई सम्मान गरेको हो । समितिलाई संस्थागत रुपमा अगाडी बढ्न सहयोग गरेको भन्दै उहाँहरुलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
त्यस्तै अनुशासित चालकको रुपमा बेनी पोखरा रुटका सुमन रोका, बेनी जोमसोमका शुनिल शेरचन र बेनी दरवाङका राजु पुनलाई नगद सहित सम्मान गरेको थियो । साधारण सभाको उद्घाटन गर्दै बेनी नगरपालीकाका मेयर हरिकुमार श्रेष्ठले आकस्मीक, आरामदायी र छिटो छरितो यातयात सेवा प्रवाहमा ट्याक्सी व्यवसायिहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले यातयात सेवालाई भरपर्दो र सुरक्षित बनाउको लागि समितिले समेत जिल्ला स्थित सरोकारवालासंग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समितिका संस्थापक अध्यक्ष तथा संरक्षक बिनोद केसी, जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका पुर्व प्रमुख बिकास तिमिल्सीना, म्याग्दी बस तथा जिप व्यवसायी समितिका कार्यबाहक अध्यक्ष लालबहादुर थापा , नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा र पोखरा बेनी ट्याक्सी ईकाई समितिका अध्यक्ष सुरज पौडेलले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
बक्ताहरुले आकस्मीक यातायात सेवाका लागि ट्याक्सी सेवा प्रभावकारी बनेको बताउँदै जिल्लाको पर्यटन विकासमा समेत ट्याक्सी चालकहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए । समितिका अध्यक्ष दलबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यष टिका पुर्जाले स्वागत र महासचिव भोजबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
म्याग्दी ट्याक्सी व्यवसायी समिति अन्तरगत हाल १२८ वटा ट्याक्सीले म्याग्दीको म्याग्दीखोला, कालिगण्डकी बेल्टका साथै बेनी पोखरा र जोमसोम सम्मको लागि समेत सेवा दिदै आएका छन् ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l