कुुमारी सहकारी ठगी प्रकरण : जिसस प्रमुख सहित पाँच जनालाई थुनामा पठाउने आदेश
- २१ फाल्गुन २०८१, बुधबार
- 1689 पटक पढिएको
म्याग्दी, २१ फागुुन । म्याग्दी सदरमुुकाम बेनीमा रहेको कुुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी रकम हिनामिना र अपचलन सम्बन्धी मुद्दामा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा सहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालतका न्यायाधिश प्रकाशप्रसाद पण्डितको इजलासमा बुधबार भएको थुनछेक बहसपछि प्रहरी हिरासतमा रहेका जिसस प्रमुख समेत रहेका सहकारीका पुर्व सञ्चालक थापा सहित पुर्व अध्यक्ष मनप्रसाद थजाली, पुर्व प्रबन्धक रुद्र गुरुङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पुर्व सदस्य लोकबहादुर पुनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको अदालतका सुुचना अधिकारी डिल्लिराज पौडेलले जानकारी दिए ।
थुनछेक बहसमा प्रतिबादीका तर्फबाट बहस गरेका वकिलहरुले धरौटीमा धुनामुक्त गर्न माग गरेपनि बादीका तर्फबाट बहस गरेका सरकारी वकिलले अभियोग मागदावि अनुसार तत्कालै थुुनामा राखेर थप अनुुसंधान गर्नुुपर्ने माग गरेका थिए ।
अदालतको आदेशमा प्रहरी हिरासतमा रहेर बिरामी भई अस्पतालमा अपचाररत उक्त सहकारीका पुर्व अध्यक्ष थमबहादुर गर्बुजालाई उपचार पश्चात अदालतमा हाजिर गराउन प्रहरीलाई आदेश भएको जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिए । गर्बुजाको अहिले पोखरामा उपचार भैरहेको छ ।
त्यसैगरि कुमारी सहकारीको रकम अपचलन र हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेर फरार भएका सहकारीका वर्तमान अध्यक्ष यामबहादुुर रोकासमेत १९ जना जनालाई पक्राउ पुुर्जी जारी गर्ने आदेश भएको छ । त्यसैगरि सहकारी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरेर सहकारीको आर्थिक कारोबारलाई १५ दिनभित्र सूचारु गरि अदालतमा जानकारी गराउन समेत सहकारीका नाममा आदेश भएको अदालतका सूचना अधिकारी पौडेलले बताए ।
सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते एक अर्ब १३ करोड बिगो दावी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दर्ता गरेको थियो ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनिहरुविरुद्ध संगठित रुपमा सहकारीमा निक्षेप रहेको शेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋण वापतको रकम, नेपाल सरकारको राजस्व समेत हानी नोक्सानी पु¥याई सहकारी ऐन, २०७४ को नियमावली २०७५ र संस्थाको विनियम विपरित कार्य गरेको अभियोगमा मुद्दा चलाइएको हो ।
सहकारीका वर्तमान र पुर्व सञ्चालक समितिका पदाधीकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यहरुलाई विपक्षी बनाइएको छ । २०८१ माघ २० गते पक्राउ परेका पाँच र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरीको हिरासतमा थिए भने र १९ जना फरार छन् ।
छ हजार बचतकर्ता रहेको वि.स. २०६५ मा खुलेको कुमारी सहकारीको सहकारीको पैसाबाट सञ्चालकहरुले ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानविन र जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारी ठकी प्रकरणमा पक्राउ परेपछि फागुन २० गतेको नेकपा एमाले गण्डकी प्रदेश कमिटीले जिसस प्रमुख थापालाई पार्टीको सबै जिम्मेबारीबाट निलम्बन गर्ने निर्णय गरेको छ ।