लुलाङलाई साक्षर वडा घोषणा

  • ३२ श्रावण २०७४, बुधबार
  • 1636 पटक पढिएको

म्याग्दी, ३२ साउन । म्याग्दीको धौलागिरी गाउँपालीका २ लुलाङलाई मंगलबार साक्षर वडा घोषणा गरिएको छ ।
वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९९.९ प्रतिशत नाागरीकले अंक अक्षर लेखपढ गर्न जान्ने भएपछि गाउँ शिक्षा समितिको आयोजनामा साक्षर वडा घोषणा गरिएको हो ।

लमसुङ माविको व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर पुर्जाको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्याल र हेम माविका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले सामाजिक रुपान्तरणका लागि साक्षरताको महत्वपूर्ण भुमिका हुने बताए ।
लमसुङ माविका प्रअ तुलसीनाथ सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा पार्टीहरुको तर्फबाट नेपाली काँग्रेसका ज्ञानबहादुर पाईजा, खोरीया आधारभुत विद्यालयका प्रअ रामबहादुर पुर्जा, लुलाङ आधारभुत विद्यालयका शिक्षक निकेश खड्का र गुड नेवर्स ईन्टरनेशनलकी निरमाया मिजारले मन्तब्य व्यक्त गरेका थिए ।