पहिरोले म्याग्दीका चार लघुविधुत परियोजना बन्द
- ३१ श्रावण २०७४, मंगलवार
- 3014 पटक पढिएको
म्याग्दी, ३१ साउन । केही दिनको अविरल बर्षासंगै पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविधुत परियोजना बन्द भएका छन् ।
दुर्गम ग्रामिण बस्तीमा विधुत सेवा पु¥याउदै आएका परियोजना बन्द हुँदा धौलागिरि र मालिका गाउँपाकिाका एकहजार ५०० घरधुरी प्रभावित भएका छन् ।
पहिरोले विधुत गृहमा क्षती पु¥याएपछि मालिका गाउँपालिकाको १ मा रहेको ५१ किलोवाट क्षमताको रुमखोला र रुख ढलेर नहर भत्कदाँ सोही गाउँपालिकाको ४ ओखरबोटमा रहेको ३० किलोवाटको क्षमताको दाजुङखोला लघुविधुृत परियोजना बन्द भएका छन् ।
लघुजलविद्युत परियोजना बन्द हुँदा निस्कोट, रुम, ओखरबोट, देविस्थान र दरबाङका सात सय घरधुरी सुविधाबाट बञ्चित भएका छन् । दाजुङखोला लघुजल विधुत परियोजनाको सय मिटर नहँर भत्काउँदा तिन सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।
त्यस्तै धौलागिरि गाउँपालिकाको ३५ किलोवाटको दरखोला घविधुत परियोजनाको पाइप बगाउदा लघुविधुतप्रवाह बन्द भएको छ । जसले गर्दा ३५० घरधुरी टुकी बाल्न बाध्य भएका छन् । सो गाउँपालिकाको छ मा रहेको ३० किलोवाट क्षमताको मराङखोला लघुजलविधुत परियोजना बन्द भएको छ । बाढीले मुहानमा रहेको सय मिटर नहर बगाएपछि परियोजना बन्द हुँदा तिनसय घरधुरी अध्यारोमा बस्न बाँध्य भएको वडा सदस्य लोकबहादुर पुनले बताए ।
सोही गाउँपालिकाको मंल्कवाङ जाने पैदलमार्ग बगाउदा भिरको बाटो जोखिम मोलेर हिड्न बाध्य भएका छन् । पहिरो गर्दा दैनिकि उपभोग्य सामान ढुवानी हुन सकेको छैन् ।भने पहिरो बाटो र बाढीले झोलुङ्गे पुल बगाउदाँ बालबालिकालाई विद्यालय जान र पैदल यात्री असहज बातारण सिर्जना भएको छ ।