गैसस महासंघ म्याग्दीको १७ औँ साधारण सभा सम्पन्न
- ३० श्रावण २०७४, सोमबार
- धिरन खत्री
- 2149 पटक पढिएको
म्याग्दी, ३० साउन । गैर सहकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको १७ औँ साधारण सभा सोमबार सम्पन्न गरेको छ । गैसस महासंघ म्याग्दीले १७ औँ साधारण सभामा आर्थिक बर्ष २०७३÷७४ मा भएका गतिविधि प्रस्तुत गरेको थियो ।
उक्त साधारण सभामा महासंघले आर्थिक बर्षभरि भएका आर्थिक तथा प्रगति विवरणहरु प्रस्तुत तथा छलफल गरेको थियो । उक्त साधारण सभालाई उद्धघाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले गैँसस महासंघ म्याग्दी शाखाको भुमिका जिल्लामा प्रभावकारी भएको हुदाँ यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । गैसस महासंघ जिल्ला सामाजिक क्षेत्रमा गरिर्ने कामलाई ज्ल्लिा समन्वय समिति संग समन्वयकारी भूमिका निर्वाह गरि अघि बढ्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा प्रमुख केसीले सरकारको नीति नियममा रहेर जिल्लामा भएका विकासका गतिविधिको प्रभावकारी अनुगमन गरिने जानकारी गराउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा गैसस महाँसंघ नेपालको केन्द्रिय सदस्य दिवाकुमारी पुनले प्रत्यक्ष रुपमा जनताको पक्षमा काम गर्न महासंघले स्थानीय तहसंग समन्वय गरि काम गर्दा प्रभाककारी हुने बताउनुभएको थियो । त्यस्तै गैसस महासंघ क्षेत्रीय निर्देशक देवी तिमिल्सिनाले राज्यको नीति नियम र उद्देश्यलाई पुरा गर्ने गरि ब्यवस्थित रुपमा काम गर्न म्याग्दी शाखालाई आग्रह गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बेनी नगरपालिकाका कार्यकारी अधिकृत विश्वमित्र कुईकेल, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, कास्की शाखाकासचिव डा. बुद्धिबहादुर थापा लगायतले मन्तवय राख्नुभएको थियो । उक्त साधारण सभामा आर्थिक बर्षको प्रगति विवरण गैसस महासंघ म्याग्दीका अध्यक्ष हरिकुमार पौडेल, आर्थिक प्रतिवेदन विष्णु रोकाले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गैसस महासंघ म्याग्दीका अध्यक्ष हरिकुमार पौडेलको अध्यक्षता, उपाध्यक्ष दिपक पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव चुमाया थजालीले गर्नुभएको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l