नाकमा गम्भिर समस्या देखिएका बिकलाई कुहुँ सेवा समाज कतारद्धारा सहयोग

  • ३० श्रावण २०७४, सोमबार
  • 2133 पटक पढिएको

म्याग्दी, ३० साउन । मंगला गाउँपालिका–१ कुहुँका नाकमा गम्भिर समस्याबाट पिडित दुर्गा बहादुर लाम्गादे ‘विक’लाई आर्थिक सहयोग प्राप्त भएको छ । नाकमा गम्भीर समस्या देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बिकलाई कुहुँ सेवा समाज कतारले रु ४० हजार१६६ सहयोग जुटाएको हो । समाजले सहयोग संकलन गरि पठाएको सो रकम अस्पतालमा उपचारत बिकलाई उपलब्ध गराएको समन्वयकर्ता पुष्कर विकले बताउनुभयो ।

उहाँले सो सहयोगले पिडित विकको उपचारमा सहयोग पुगेको बताउँदै अन्य सहयोगी मनहरुलाई पनि सहयोग गर्न अनुरोध गर्नुभएको छ । आर्थिक अभाबले अस्पतालमा उपचार गराउन ऋण खोज्नुपर्ने अबस्थामा पुगेपछि बिकले अस्पतालबाटै आफ्नो उपचारमा सहयोग गर्न आर्थिक सहयोगको याचना गरेका थिए । साविक कुहुँ गाविस–४ का दुर्गा बहादुरको नाकमा समस्या देखिएपछि बेनी अस्पतालले नाकमा मासु पलाएकाले अप्रेसन गर्नुपर्ने सुझाव अनुसार क्षेत्रीय गण्डकी अस्पतालले थप उपचारका लागि काठमाण्डौ रिफर गरेको थियो । विपन्न परिवारका विकले आर्थिक सहयोगबाट उपचार सम्भव रहेको बताउँदै स्वदेश तथा विदेशमा रहनुभएका म्याग्देलीलाई आर्थिक सहयोगको अनुरोध गरेका छन् ।