५ वर्षभित्र मुस्ताङमा कायापलट हुन्छःओली,काँग्रेसका नेताहरु एमालेमा भित्रिए

  • २९ श्रावण २०७४, आईतवार
  • सुन्दर कुमार थकाली
  • 3440 पटक पढिएको

पूर्वप्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ वर्षभित्र मुस्ताङ कायापलट हुँने दावी गरका छन् ।सो कायापलट सडक संञ्जालको माध्यमले पूरा गर्ने ओलीको भनाई छ । एमाले जिल्ला कमिटी मुस्ताङद्धारा शनिवार जोमसोममा आयोजित जनसभालाई संम्बोधन गर्दे ओलीले अबको मुस्ताङ हिजोको जस्तो कठिन मुस्ताङ नभई सुविधा संम्पन्न आधुनिक मोडलको मुस्ताङ हँुने बताए ।

उनले मुस्ताङमा खनिजहरुको प्रचुरमात्रामा संम्भावना भएको दर्शाउँदै तिनको समूचित उत्खनन् बिधि अपनाउन गृहकार्य सुरुहुँनुपर्ने उल्लेख गरे ।उनले एमालेले मुस्ताङमा सबैभन्दा महङ्गो यूरेनियम र नुनखानीको अन्वेषणका लागि अध्यन सुरु गरेको बताउँदै ओलीले कालिगण्डकीमा रहेका ढुङ्गा समेत शालिग्रामको रुपले मूल्यावान भएको बताए ।

उनले भने ‘एमाले सरकार र आफु प्रधानमन्त्री भएपछि पूर्वदेखि पश्चिम तिरका ९ नाका खोल्ने प्रयास भएको हो, कोरलानाका खोल्ने पहल र सो स्थान सम्मको शडक संञ्जाल बिस्तार गने काम एमालेले सुरु गरेको हो’उनले भने‘हाम्रै पालामा ३ अर्व ६० करोड बजेट छुट्याएका हौ,मैले भनेर काम भएको भन्ने जसलिन खोज्नु हास्यापद हो ।’

उनले जोमसोम कोरला शडक बिस्तार भए प्रदेश नम्बर ४ कै मुहार फेरिने बताए । ओलीले उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बत र नेपालको कोरलापास जोड्ने व्यापारिकमार्ग बिस्तार गर्ने गुरुयोजना एमालेले अघि ल्याएको समेत दाबी गरे ।कोरला शडकमा धमाधम निर्माण काम भएको उल्लेख गर्दे ओलीले ,दुबैतर्फका सिमावर्तीक्षेत्र समथर भूभाग भएकाले सरकारी भौतिक पूर्वाधार बिकासमा कुनै समस्या नभएको उनको भनाई छ ।

ओलीले अगाडी भने लोमान्थाङको ऐतिहाँसिक दरबार,दामोदरकुण्ड,प्रसिद्ध धार्मिक स्थल मूक्तिनाथ  मन्दिर,कागबेनीधाम,यहाँका नदी तालतलैया,पूर्व र पश्चिमतर्फका हिमालले पर्यटन पूर्वाधार बिकासमा सघाउ पूर्‍याएको बताए ।उनले उहाँका धार्मिक ,सांस्कृतिक र प्राकृतिक संम्पदाको समूचित प्रयोग गर्नसकिए मुस्ताङमा थप पर्यटक ओईरिने ओलीको भनाई छ ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले शिक्षा ,स्वास्थ,कृषि,यातायात र पर्यटन क्षेत्रमा प्रचूर संम्भावना भएको उल्लेख गर्दे यसका लागि औधोगिक बिकास हुँन जरुरी भएको टिप्पणी गरे । यतिबेला देशका बिभिन्न स्थानमा बाढी पैरोको बिपत परेको अवस्थामा सरकार कानमा तेल हालेर बसेको बताउँदै ओलीले डा. गोबिन्द केशीको मागका संम्वन्धमा एमाले प्रति भ्रामक अफवा फैलाईएको आरोप लगाए ।

उनले डा. गोबिन्द केशीको माग प्रति एमाले सकारात्मक भएको बताए । मुस्ताङको बिकासका लागि यतिखेर नयाँ नयाँ प्रयोग भईरहेको बताउँदै ओलीले मुस्ताङको बिकासका लागि बजेटको समस्या परे आफु मार्फत जुराउने प्रतिबद्धता व्यक्त गरे । ओलीले एमालेले सामाजिक समानता र न्यायको पक्षमा आवाज उठाउँदै आएको बताउँदै जसका कारण नेपालमा सामाजिक समानता र न्यायपूर्ण संम्विधान प्राप्त भएको जिकिर गरे ।

उनले नेपाल भौगोलिक,जैविक,बनस्पती र सामाजिक बिबिधता भएकाले हरेक जातजाती धर्म,वर्ण र लिङ्गलाई सम्मान गर्दे आएको बताए ।उनले एमाले बिबिधतामा एकताको नारा लिएर अघि बढेको पार्टी भएको बताए । कतिपयले राजनितिन स्वार्थका खातिर जातिय,भूगोल र पूर्व र पश्चिमका आधारमा नेपाललाई खण्डित गर्ने द्ष्प्रयास भईरहेको उल्लेख गर्दे ओलीले एमाले राष्ट्रियता बिखण्डनको पक्षमा नभएको टिप्पणी गरे ।उनले हिसा,हत्या,अराजकता,द्धन्द,बैमनस्यताले हिसा निम्त्याउँने बताउँदै उनले एमाले हिसाको पक्ष नरहेको बताए ।

सो अवसरमा एमालेकी सांसद श्रीमाया थकाली,सांसद महेन्द्र थकाली,एमाले जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन,पूर्व सांसद चन्द्र बहादुर गुरुङ,नवप्रबेशी प्रेम तुलाचन लगायतले बोलेको थिए ।एमाले अध्यक्ष गौचनको अध्यक्षतामा भएको कार्यक्रममा संञ्चालन शर्मिला गुरुङले गरेकी थिईन् । यसअघि बिभिन्न पार्टी परित्याग गरि ने.क.पा. एमालेमा प्रबेश गर्नेहरुलाई रस्वागत गरिएको छ।

बाह्गाउँ मूक्तिक्षेत्र गाउँपालिकाको छुसाङ देखि मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकाका सयौं कार्यकर्ताको ठूलो समूह एमाले प्रबेश गरेका छन् ।उनीहरुलाई पूर्व प्रधानमन्त्री एवंम् नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली ,व्यवस्थापिका संसदका सभासद श्रीमाया थकाली,महेन्द्र थकाली र एमाले अध्यक्ष चन्द्रमोहन गौचनले संयूक्त रुपमा पार्टी प्रबेश गराएका थिए ।

पार्टी प्रबेश गर्ने क्रममा गत संसदिय निर्वाचनमा झिनो मतान्तरले पराजित बनेका नेपाली कांग्रेसका बिद्रोही उम्मेदवार प्रेम प्रसाद तुलाचन ,मुस्ताङ काग्रेसका संस्थापक सभापती आनन्द शेरचन,मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन,मुस्ताङ जिप तथा बस व्यवसायी समितिका अध्यक्ष मिन प्रसाद थकाली लगायत कार्यकर्ता एमालेमा प्रबेश गरेका हुँन् ।पूर्व बाणिज्य मन्त्री एवंम् सासद रोमी गौचन थकालीको गृह गाउँपालिका थासाङ क्षेत्रबाट ठूलो संख्यामा कार्यकर्ता एमालेमा समाहित भएका छन् ।

सुन्दर कुमार थकाली