म्याग्दी नदीको कटानले नाउरा बस्ती जोखिममा
- २९ श्रावण २०७४, आईतवार
- 3143 पटक पढिएको
म्याग्दी, २९ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–४ नाउरा बस्ती नदी कटानको जोखिममा परेको छ । अबिरल बर्षाको कारण म्याग्दी नदी कटानले बस्तीतर्फ जोखिम बढाएको स्थानीय युवा लोकराज रोकाले जानकारी दिनुभयो ।
नदी कटानले चेचुङको सम्रेट भन्ने ठाउँको सामुदायिक बन बगाउँदा केही समय म्याग्दी नदी समेत थुनिएको थियो । नदी थुनिएर जम्मा भएको पानी खोलिएर बग्दा त्यस भन्दा तल रहेको नाउराको बस्तीतर्फ नदीले कटान गरेको रोकाले बताउनुभयो ।
उहाँका अनुसार नाउराका २ घर उच्च जोखिममा परेका छन् । त्यस्तै स्थानीयबासीको खेतीयोग्य जमिन समेत बगाएको छ । नदी कटानले धौलागिरि आधार शिविर जाने पदमार्ग समेत धेरै ठाउँमा क्षती पु¥याएको छ ।