नदीले पुल बगाएपछि सिंकोसबगराका विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित
- २७ श्रावण २०७४, शुक्रबार
- कमल खत्री
- 3045 पटक पढिएको
म्याग्दी, २७ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरा र सिंकोस बगरा गाउँको बिचमा पर्नेे म्याग्दी नदीमा रहेको झोलुङ्गे पुल बगाएपछि विद्यार्थीहरु विद्यालय जानबाट बञ्चितमा परेका छन् । तीन दिन अगाडी अबिरल बर्षापछि म्याग्दी नदीमा आएको बाढीले बगरा र सिंकोसबगरा गाउँ वारपार गर्न म्याग्दी नदीमा बनाईएको झोलुङ्गे पुल बगाएको थियो ।
पुल बगाएपछि वारपार गर्ने माध्ययम नहुँदा बगरामा रहेको कैलाश आधारभुत विद्यालयमा अध्ययनरत सिंकोसतर्फका बालबालिकाहरु विद्यालय आउन नसकेको स्थानीय राउण्ड धौलागिरी युवा क्लबका कोषाध्यक्ष पूर्ण पुर्जाले बताउनुभयो ।
सिंकोसबगराको धुरीखर्कमा गोठ लगेर अस्थायी रुपमा बसोबास गर्दै आएका स्थानीयका ७ जना बालबालिकाहरु वारपार गर्ने साधन नहुँदा विद्यालय आउनबाट बञ्चित भएको पुर्जाले बताउनुभयो । उहाँका अनुसार, सिंकोसबगरामा रहेका करिब एक दर्जन घरधुरीका स्थानीय र धुरीखर्कमा गोठ लगेर गएका बगराका स्थानीयहरु विरामी पर्दा समेत उपचारको लागि वारीपट्टी आउन नसक्ने अबस्था सृजना भएको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l