मालिका गाउँपालिका केन्द्र दरवाङ बजार म्याग्दी खोलाको कटानबाट प्रभावित

  • २६ श्रावण २०७४, बिहीबार
  • 3413 पटक पढिएको

म्याग्दी, २६ साउन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा म्याग्दी खोलाले कटान गरेको छ । अबरिल बर्षाको कारण बुधवार राती खोलामा पानीको बाहव बढेपछि जनप्रिय माविको पुरानो भवन रहेको खेलकुद मैदानतर्फ कटान बढेको हो ।

  म्याग्दी नदीको पानीको बहाबले बस्तीको छेउमा रहेको मैदानतर्फ कटानगरेपछि जोखिम बढेको मालिका गाउँपालिकाका प्रमु्ख श्रीप्रसाद रोकाले बताउनुभयो । उहाँका अनुसार, कटान रोकथामको लागि यस अघि बनाईएको तटबन्ध समेत नदीले बगाएको छ । म्याग्दी खोलाले खेलमैदानतर्फ गरेको कटान मैदानमा रहेको चौतारा नजिक पुगेको छ ।

कटानले पुर्याएको क्षतीको गाउँपालिाकाका प्रमुख, उपप्रमुख सहित वडा अध्यक्ष सहितको टोलीले अनुमगम समेत गरेको छ।
यसैविच दरवाङ–विम सडक समेत पहिरोले अवरुद्ध भएको छ । दरवाङ नजिक सडकको माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध गरेपछि सवारीसाधन तथा पैदलमार्ग समेत अवरुद्ध भएको छ ।

तस्बिर : मोतिराज गौतमको फेसबुकबाट