म्याग्दी नदीले झोलुङ्गे पुल बगाएपछि बगरा र सिंकोसबासी समस्यामा

  • २६ श्रावण २०७४, बिहीबार
  • 5480 पटक पढिएको

म्याग्दी, २६ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरा र सिंकोसबगरा गाउँको बिचमा आवत जावतको लागि म्याग्दी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको छ । गयराती अबिरल बर्षासंगै म्याग्दी नदीमा आएको बाढीले पानीको बहाब बढेपछि झोलुङ्गे पुल बगाएको हो ।


झोलुङ्गे पुल बगाएपछि बगरा र सिंकोसबगराका स्थानीयलाई आवत जावत बन्द भएको स्थानीय राउण्ड धौलागिरी युवा क्लबका अध्यक्ष डिल पुनले बताउनुभयो । उहाँले तत्काले बैकल्पिक व्यवस्था गर्न नसकेमा सिंकोसबगरमा सर्वसाधारणहरु वारी आउनबाट बञ्चित हुनेछन् ।


म्याग्दी नदीको पारिपट्टी रहेको सिंकोसबगरमा करिब एक दर्जन घरधुरीको बसोबास रहेको छ । म्याग्दी नदीमा जिर्ण अबस्थामा रहेको सो पुलबाट यस अघि स्थानीयबासीले जोखिम मोलेर वारपार गर्दै आएका थिए । करिब दुई दशक अगाडी निर्माण गरिएको सो झोलुङे पुललाई स्थानीयले मर्मत गरि वारपारको माध्ययम बनाएका थिए ।