नेपाल राष्ट्रिय शिक्षक संगठनले गाउँ नगर तथा जिल्ला अधिवेशन गर्दै
- २५ श्रावण २०७४, बुधबार
- 4333 पटक पढिएको
म्याग्दी, २५ साउन । नेकपा एमाले निकट शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीले गाउँपालिका, नगरपालिका र जिल्ला तहको अधिबेशन गर्ने भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीले यस अघि राज्यपुर्नसरंचना अनुसार संगठनलाई समेत स्थानीय तह अनुरुप पुर्नगठन गर्दै संगठन निर्माण गर्न सूरु गरेको थियो ।
१२ आँै जिल्ला अधिबेशन भदौ १७ र १८ गते बेनीमा सम्पन्न गर्ने निर्णय भएको संगठनका जिल्ला सचिब जयराम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अधिबेशनपूर्व नगर र गाउँपालिका तहमा संगठनको अधिवेशन सम्पन्न गर्ने गरि कार्ययोजना तयार गरिएको छ । बेनी नगरपालिकामा संगठनको नगर अधिवेसन र रघुगंगा गाउँपालिकामा गाउँ अधिवेसन भदौ ३ गते गर्ने निर्णय भएको सचिब सुवेदीले जानकारी दिनुभयो ।
मालिका, मंगला, धौलागिरी र अन्नपूर्णमा यस अघि नै अधिबेशन सम्पन्न गरिसकेको संगठनले जिल्ला अधिवेशनको लागि भदौ ३ गतेसम्म सदस्यता नविकरण र भदौ ५ गते सदस्य संख्या एकिन गरि सक्ने जनाएको छ ।