गुईठेभिरबाट खसेको ढुंगा लागेर घाईते युवालाई हेलिकप्टर मार्फत पोखरा पठाईयो
- २१ श्रावण २०७४, शनिबार
- 7286 पटक पढिएको
म्याग्दी, २१ साउन । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुईठेभिरमा खसेको ढुंगा लागेर एक जना घाईते भएका छन् ।
बेनी हुँदै जोमसोम भम्रणमा हिँडेका काठमाण्डौ महानगरपालिका–५ का २५ बर्षिय उत्तम पाठक तस्बिर लिने क्रममा भिरमाथिबाट खसेको ढुंगा लागेर शनिवार साँझ घाईते भएको स्थानीय होटल व्यवसायि इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
समुहका साथिहरुसंग गाडीमा मुस्ताङ जाँदै गरेका पाठकले गुईठेभिरको तस्बिर लिने क्रममा माथिबाट ढुंगा खसेर उनको निधारमा चोट लागेको छ । उनलाई स्थानीय तातोपानीमा रहेका स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरि हेलिहप्टर मार्फत थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।
म्याग्दी अनलाईनमा लेखिएको समाचारले हामीलाई धेरै सहयोग पुग्यो । घाईते व्यक्ति उत्तम पाठक नभई उत्सल पाठक भएको जानकारी गराउँदछु । उत्सल र उसको टीम मुस्तांगमा रिपोर्टिगको लागि जाँदै गरेको र भिडियो फोटो खिच्ने क्रममा माथीबाट खसेको ढुंगाले टाउकोमा लागेको हामीले जानकारी पाएका छौं । साथै उनी हाल पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा छन र उनको शल्यक्रिया उपचार पश्चात हाल स्वास्थय लाभ गरिरहेको र स्वास्थ्यमा क्रमिक सुधार आईरहेको जानकारी गराउँछौ ं। घाइतेहुँदा अस्पतालन सम्म पुरयाउन हरप्रकारबाट सहयोग गर्नुहुने सबै महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहन्छौं ।