पात्लेखेतमा १५ घर पहिरोको उच्च जोखिममा, तिन घरपरिवार विस्थापित

  • १९ श्रावण २०७४, बिहीबार
  • सन्तोष गौतम
  • 3029 पटक पढिएको

म्याग्दी, १९ साउन । बेनी नगरपालीका १० पात्लेखेतमा पहिरोका कारण पन्ध्र घर पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोले घरमा क्षत्ती पुर्‍याएपछि तिन घरपरिवार विस्थापित भएका छन् ।

लालबहादुर हमाल, खिमबहादुर सार्की र खम्बि गर्बुजाको परिवार पहिरोले घरमा क्षत्ती पुर्‍याएपछि विस्थापित भएका छन् । र थप १५ घर जोखिममा रहेका बेनपा १० का वडा अध्यक्ष रिम रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार बान्द्रेखाल्टी र पाखाथरको पहिरोले बस्ती जोखिममा परेको हो ।

पात्लेखेत गाउँको पुछारमा रहेको बान्द्रेखाल्टीको पहिरो रोकथामका लागि विगत केही वर्षदेखि निरन्तर प्रयास भएपनी सफल हुन सकेको छैन् । पहिरोको जोखिममा परेपछि चन्द्र्रप्रसाद फगामी, बिमल बुढाथोकी, टिकप्रसाद बुढाथोकी, दुतप्रसाद बुढाथोकी, रामबहादुर फगामी र भिमबहादुर फगामीका परिवार विस्थापित भएका छन् ।पहिरोको अनुगमन गर्दा गाउँनै जोखिममा रहेका हुदाँ पात्लेखेत बासिन्दालाई सर्तकता अपनाउन अनुरोध गरिएको अध्यक्षले जानकारी दिनुभयो ।

यसैगरी मंगला गाउँपालीका ५ किमचौरमा गौथलीको भिरबाट केहीदिन यता निरन्तर खसिरहेको पहिरोका कारण त्यहाँका छ घरपरिवार विस्थापित भएका छन् । स्थानीय बासिन्दाको खेतयोग्य जमिनमा क्षत्ती पुर्‍याएको छ ।

 

 

 

सन्तोष गौतम