गलेश्वरमा एकै दिन तिन लाख भेटि संकलन

  • १७ श्रावण २०७४, मंगलवार
  • 2812 पटक पढिएको

बेनी,  १७ साउन । बेनी नगरपालीका  मा रहेको गलेश्वरमा एकै दिन तिन लाख रुपैया भन्दा बढी भेटी संकलन भएको छ ।सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले तिन लाख दश हजार रुपैया भेटी चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार संकलीत भेटि रकम सार्वजनीक गरेको हो । तेस्रो सोमबार मात्रै गलेश्वरमा १५ हजार बढी भक्तजन आएका थिए ।

कोषका सचिव माधवप्रसाद रेग्मीले साउन तेस्रो हप्तासम्म सात लाख ७६ हजार रुपैया भेटि संकलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो सोमबार एक लाख ९२ हजार र दोस्रो सोमबार दुई लाख ७४ हजार रुपैया भेटि संकलन भएको थियो ।

मन्दिरमा संकलन हुने भेटि प्रत्येक हप्ता र मासीक रुपमा सार्वजनीक गरिदै आएको छ । धार्मीक गन्थ्रहरुमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ ।

कालीगण्डकी नदीको किनारमा चट्टानमाथी अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।

गलेश्वरमा पुजाआजा र दर्शनका लागि म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौ लगायत देशका सबै ठाउँ र भारतबाट हिन्दु धर्मावलम्बीहरु आउने गर्दछन् ।