साउनको तेस्रो सोमबारमा गलेश्वरधाममा १५ हजार बढी भक्तजन भित्रिए (फोटो फिचर)

  • १६ श्रावण २०७४, सोमबार
  • कमल खत्री
  • 3196 पटक पढिएको

म्याग्दी, १६ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा आवस्थित गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमबारका दिन १५ हजार बढी भक्तजनले मन्दिरको दर्शन तथा पुजापाठ गरेका छन् । म्याग्दी संगै, पर्वत, बागलुङ, कास्की, नवलपरासी लगायतका ठाउँबाट आएका सो संख्यामा भक्तजनहरु सोमबार पुजापाठको लागि आएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीले बताउनुभयो ।


उहाँले भक्तजनहरुलाई सहज रुपमा पुजापाठको लागि स्वयमसेवकहरुले सहयोग गरेको बताउँदै गलेश्वर शिवालयमा मनोकाँक्षा पुरा हुने जनविश्वासले भक्तजनहरु गलेश्वरमा आउने गरेको बताउनुभयो । यस बर्षको पहिलो सोमबार १० हजार बढी र दोस्रो सोमबार २० हजार बढी भक्तजनहरुले गलेश्वरमा पुजापाठ गरेका थिए ।

बर्षाको कारण यातयात प्रभावित भएकाले दोस्रो सोमबारको तुलनामा तेस्रो सोमबार केही कम भक्तजन आएको गलेश्वर शिवालय क्षेत्रविकास कोषले जनाएको छ ।


गलेश्वरधाममा भगवान शिवको पुजा आराधान गर्नाले मनोकांक्षा पुरा हुने विश्वासले साउने सोमबारमा भक्तजनको संख्या ह्वात्तै बढ्ने गरेको छ । कालिगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाम र १०८ शिवलिङ्गको पुजापाठ गर्नु गलेश्वरको मुख्य विशेषता हो ।

मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तिर्थस्थल रहेकाले भक्तजनहरुको मनोकामना पुरा हुने भएकाले हरेक बर्ष गलेश्वरमा आउने भक्तजनहरु बढ्दै गएको गलेश्वर मन्दिरका मुख्य पण्डित भिमनाथ पराजुलिले बताउनुभयो ।

साउने सोमबारका दिन गलेश्वरमा आउने हजारौँ भक्तजनहरुको कारण मन्दिरमा चढाउने नरिवल संगै फुलप्रसादको व्यापार समेत ह्वात्तै बढ्ने गरेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l