मोना नेदरल्याण्ड्सले विविध साँस्कृतिक कार्यक्रम सहित प्रथम वार्षिकोत्सव मनाउने

  • १६ श्रावण २०७४, सोमबार
  • 1691 पटक पढिएको

म्याग्दी, १६ साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) नेदरल्यण्ड्सले विविध साँस्कृतिक कार्यक्रम सहित संस्थाको वार्षिकोत्सव मनाउने भएको छ । नेदरल्याण्डमा रहेका म्याग्देलिहरु संगठीत बनेर गठन गरिएको मोना नेदरल्याण्डले आयोजना गरेको सो कार्यक्रममा मोना अन्तराष्टिय« समितिका पदाधिकारीहरुको समेत सहभागिता गराउने प्रयास भईरहेको छ ।


आगामी ७ अगष्टका दिन नेदरल्याण्ड्सको राजधानी आमस्टरडाममा हुन गैरहेको उक्त कार्यक्रमममा नेदरल्याण्ड्सका सवै नेपाली संघसंस्था, समुदाय तथा विभिन्न युरोपेली मुलुकहरुबाट अतिथीहरु सहभागी हुने जनाइएको छ । नेपाली लोक संगितका ख्याति प्राप्त कलाकारहरु सुवासचन्द्र पुन मगर, अंकिता घर्ति मगर, इमान सिंह बुढा मगर, दुर्गा काजी श्रेष्ठ, तेज बहादुर गाहा मगरको समेत प्रस्तुती रहने मोना नेदरल्याण्ड्सका महासचिव मिम पुर्जाले जानकारी दिए ।
विदेशमा स्थापित सवै नेपाली संघसंस्थाहरुको अन्तिम उद्धेश्य भनेको नेपाल र नेपालीको हित नै हो । यहाँका सवै संस्थाहरुलाई कार्यक्रममा उपस्थितको लागि हार्दिक अनुरोध गरिएको तर कुनै प्राविधिक कारणले सुचना पुग्न नसकेको भए कार्यक्रममा उपस्थित हुन मोना नेदरल्याण्ड्सका अध्यक्ष जंग बहादुर पुनले सवैलाई आग्रह गरेका छन् । नमस्ते होल्याण्डको सहयोगमा