माओवादी नेता केसीको हृदयघातबाट मृत्यु
- १५ श्रावण २०७४, आईतवार
- 4202 पटक पढिएको
नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य तथा म्याग्दी जिप तथा वस सञ्चालक समिति म्याग्दीका अध्यक्ष कमल केसीको हृदयघात कारण मृत्यु भएको छ । शनिबार राती करिव १० बजे तिर केसीलाई नगरपालिका–७ मंगलाघाट निवासमा हृदयघाट भएको थियो ।
हृदयघाट भएपछि तत्कालै उपचारको क्रममा बेनी अस्पतालमा पुर्याए पनि डाक्टरहरुले केसी अस्पताल पुराउँदासाथ लाई मृत घोषणा गरेका थिए । मालिका गाउँपालिका–७ विम स्थायी घर भएका केसी माओवादी केन्द्र केन्द्रीय आयोजक समिति सदस्य, माओवादी केन्द्र मजदुर संगठन म्याग्दीका अध्यक्ष, माओवादी केन्द्र मालिका गाउँपालिका अध्यक्ष, म्याग्दी जीप तथा बस सञ्चालक समितिका अध्यक्ष, क्षत्री समाजका कार्यसमिति सदस्य लगायतका संघसंस्थामा संलग्न रहेका थिए ।
राजनीतिक संगै सामाजिककार्यमा समेत क्रियाशिल रहेका थिए केसी । केसीको निधनले पार्टीलाई ठूलो क्षति पुगेको नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक गोविन्द पौडेलले बताए । मंगला आमा समूहको भवन मंगलाघाटमा केसीको पार्थिव शरीलाई अन्तिम श्रद्धाञ्जली दिँदै पौडेलले पार्टी निर्माणमा केसीको ठूलो योगदान पुगेको स्मरण गरे । पौडेलले केसीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएका थिए । सोही अवसरमा म्याग्दी जीप तथा वस सञ्चालक समितिका कार्यालय सचिव देवेन्द्र पौडेलले पनि यातायात व्यवसायीको तर्फबाट उनको योगदानको स्मरण गरेका थिए ।
‘उहाँको निधनले अपुणरणीय क्षती पुगेको छ ।यातायात क्षेत्रले अभिभावक गुमाएको छ’ पौडेलले भने । मंगलाघाट आमा समूहको भवनमा अन्तिम श्रद्धाञ्जली दीएपछि साँझ केसीलाई कालिगण्डकी नदीमा दाहसंस्कार गरिएको छ ।