सदरमुकामका समस्याप्रति अनेरास्ववियूद्धारा जनप्रतिनिधिको ध्यानकर्षण

  • १० श्रावण २०७४, मंगलवार
  • 2886 पटक पढिएको

म्याग्दी, १० साउन । म्याग्दी सदरमुकाम बेनीमा देखिएका विद्यमान समस्याहरुलाई लिएर अनेरास्ववियू म्याग्दीले जनप्रतिनिधिहरुको ध्यानकर्षण गराएको छ । बेनीमा दबाबमुलक ¥याली आयोजना गरि अनेरास्ववियूले म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालिपुल क्षेत्रमा देखिएको हिलाम्मे सडक, यत्रतत्र फालिने फोहोर, बेनीमा छाडिएका पशु चौपायाको व्यवस्थापन गर्नका लागि जनप्रतिनिधिहरुको ध्यानकर्षण गराएको हो ।

विद्यार्थीहरु सम्मिलित ¥यालीले बेनी बजार परिक्रममा गर्दै कालिपुलको कालोपत्रे, बसपाक क्षेत्रको व्यवस्थापन कहिले हुन्छ ? भन्दै जनप्रतिनिधहरुलाई पश्न गरेका थिए । ¥याली सहित बजार परिक्रममा पश्चात बेनी नगरपालिका कार्यालय अगाडी पुगेर  कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियूका जिल्ला अध्यक्ष सुवास विश्वकर्माले बेनी–गलेश्वर सडक खण्डमा हिलोको कारण यातयात प्रभावित हुँदा समेत जनप्रतिनिधिले कुनै चासो नदिएको भन्दै तत्काल समस्या समाधानमा अग्रसर हुन आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि चुनिएको लामो समय भईसक्दा समेत विद्यमान समस्याप्रति जनप्रतिनिधिको ध्यान नपुग्नु दुखदायी भएको बताउनुभयो ।