लायन्स क्लव अफ बेनी पिस सीटीको इमर्जेन्सी हेल्प
- ९ श्रावण २०७४, सोमबार
- 1939 पटक पढिएको
श्रावण ८ म्याग्दी ।
लायन्स क्लव अफ बेनी पिस सीटीले इमर्जेन्सी हेल्प कार्यक्रम अन्तर्गत एक आखाँ रोगीलाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बेनी नगरपालिका–४ वास्कुना निवासी गम्मर सिंह नेपालीलाई आखाँमा मोतियाविन्दु लागेपछि उपचारका लागि रु १५ हजार सहयोग गरिएको लायन्स क्लव अफ बेनी पिस सीटिका अध्यक्ष राजेश
शाक्यले बताए । वर्ष २०१७÷१८ को पहिलो कार्यक्रम अन्तर्गत मोतियाविन्दु लागेका नेपालीलाइ आर्थिक सहयोग गरिएको हो ।
क्लवका अध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लोकेश पुन, मिडिया कोअर्डिनेटर सन्दीप खत्रीले संयुक्त रुपमा उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । आर्थिक रुपमा विपन्न परिवारका सदस्यहरुलाई आँखामा कुनै पनि रोग लागेमा उनीहरुका उपचारका लागि इमर्जेन्सी हेल्प अन्तर्गत आर्थिक सहयोग गरिने क्लवले जनाएको छ ।