मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
- १५ बैशाख २०७९, बिहीबार
- 809 पटक पढिएको
म्याग्दी १५ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङ देखि बाबियाचौर जादै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक राजन ढकालले किसानको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । मोटरसाइकको पछाडी बसेका मंगला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानको मुखमा सामान्य चोट लागेको छ ।
बिहान करिब ३ बजे सडकबाट मोटरसाइकल करिब १०० मिटर तल खसेको थियो । दुर्घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल पुगेको छ । कालोपत्रका लागि स्तरोन्नतिको क्रममा रहेको बेनी–दरवाङ सडकको बाङ्गे पहिरोको सडक ग्रेड नमिलेको उकालो छ ।