बल्याक बेल्ट प्राप्त कराँते खेलाडीहरुलाई सम्मान (फोटो फिचर)

  • ११ असार २०७४, आईतवार
  • कमल खत्री
  • 4082 पटक पढिएको

म्याग्दी, ११ असार । नेपाल सितेरियो कराते संघ म्याग्दीले विभिन्न समयमा बल्याक बेल्ट प्राप्त गर्न सफल कराँते खेलाडिहरुलाई सम्मान गरेको छ । शनिवार बेनीमा एक कार्यक्रम आयोजना गरि संघले बल्याक बेल्टमा दिक्षित खेलाडिहरुलाई सम्मान गरेको हो ।

 

कार्यक्रमा गत बर्षको जेठमा पोखरामा दिक्षित भएका सागर चोखाल, बिना घर्तिमगर, क्रृस थापा, सुमन बानियाँ, प्रिति गर्वुजा र डेविन जुग्जाली तथा यहि जेठ १७ गतेदेखि २० गतेसम्म पोखरामा भएको प्रतियोगितामा दिक्षित भएका प्रज्वल शेरचन, मार्शल गर्वुजा, प्रवेश कार्की, सिला रोका, डेबिड पुन, प्रिति रोका, अविशेक राय, गौरब घर्तिमगर र सन्तोष शाक्यलाई बल्याक बेल्ट,प्रमाणपत्र सहित अबिर लगायर सम्मान गरिएको थियो ।


कार्यक्रममा नेपाल सितेरियो कराँते संघका कार्यबहाक अध्यक्ष विरेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जिल्ला क्रिकेट संघका अध्यक्ष कमल विश्वकर्मा, कराँते खेलाडी तथा प्रशिक्षक चन्द्र बुढा लगायतले खेलाडीहरुलाई सम्मान गर्नुभएको थियो ।

खेलाडीहरुको हौँसलाको लागि बल्याक बेल्टबाट दिक्षित भएकाहरुलाई सम्मान गरिएको संघका कार्यबहाक अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सोही अबसरमा जिल्ला क्रिकेट संघका अध्यक्ष तथा कमल सुनचाँदी दुकानका सञ्चालक कमल विश्वकर्माले कराँते संघलाई रु ४ हजार बराबरको ग्लोब्स र सिनप्याड सहयोग हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सितेरियो कराँते संघका खेलाडी तथा दिक्षित खेलाडीका अभिभावकहरुको समेत सहभागिता रहेको थियो ।

 

 

 

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l