अफगानिस्तान तालिबानको कब्जामा, क्रिकेटर चिन्तित

  • ३२ श्रावण २०७८, सोमबार
  • 926 पटक पढिएको

 

इंग्ल्यान्डका ‘द हन्ड्रेड’ क्रिकेट खेलिरहेका स्पिनर राशिदले ट्वीटरबाट देश अराजकतामा रहेको र देशको जनताले शान्ति चाहेको बताएका छन् । ‘मेरो देश अराजकतामा छ । हजारौं निर्दोष मानिससहित बालबालिका र महिला दैनिक मारिएका छन् ।  घर र सम्पतिहरु भत्किरहेका छन् । हजारौं परिवार विस्थापित भएका छन्,’ विश्वका नेताहरुलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘हामीलाई अराजकतामा नछोड्नुहोस् । अफगानिस्तान मार्न र अफगानिस्तानलाई नष्ट गर्न बन्द गर्नुहोस् । हामी शान्ति चाहन्छौं ।’

पूर्व कप्तान समेत रहेका अलराउण्डर नाबीले अफगानिस्तानलाई अराजकतामा जान नदिन विश्वका नेताहरुलाई आग्रह गरेका छन् । ‘एक अफगानको हैसियतमा मेरो प्यारो देश आज कहाँ छ हेर्दैछु । अफगानिस्तान मानवीय संकटमा छ ।  म विश्वका नेताहरुलाई अपील गर्दछु । कृपया अफगानिस्तान अराजकतामा जान नदिनुहोस् ।  हामीलाई तपाइँको समर्थन चाहिन्छ । हामी शान्ति चाहन्छौं,’ नाबीले लेखेका छन् ।

तालिबानले देश कब्जा जमाएपछि आगामी टी-ट्वान्टी विश्वकपमा अफगानिस्तानको सहभागिता समेत अन्योलमा परेको छ । विश्वकपमा अफगानिस्तान समूह २ मा रहेको छ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । खेलपाटीबाट साभार गरिएकाे हाे  ।