सम्पति शुद्धिकरण सम्बन्धी अन्तक्रिर्या

  • २५ जेष्ठ २०७४, बिहीबार
  • 2009 पटक पढिएको

म्याग्दी, २५ जेठ । बेनीमा सम्पति शुद्धिकरण तथा आतंकबादी क्रियाकलाप वित्तिय लगानी निवारण सम्वन्धि अन्तक्रिया कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा सम्पति सुद्धिकरण सम्वन्धी विभागको सहकार्यमा विहिबार उद्योग बाण्ज्यि संघको हलामा अन्तक्रिया कार्यक्रम भएको हो ।


सम्पति शुद्धिकरण अनुसन्धान विभागका उप–महानिर्देशक गजेन्द्रकुमार ठाकुरले अपराधिक क्रियाकलापबाट आर्जित वा अन्य प्रकारबाट संकलन गरेको फोहोर धनको आयलाई बास्तविक स्वरुप वा स्रोत शुद्ध बनाउने कार्य  गर्नु नै अवैध सम्पति भएको बताउनुभयो । गैरकानुनी रुपमा हातहतियार, सुन तथा जग्गामा लगानी गर्नु आतंकबादी लगानी हो यस्तो कार्यमा संगल्न ब्यक्तिलाई कडा कारबाहीमा हुने बताउनुभयो। आर्थिक कारोवार गर्ने हरेक   सरकारी, वित्तिय सस्था तथा ब्यवसायहिरुले  सम्पति शुद्धिकरण विवरण सम्वन्धी नीतिगत तथा कानुनी ब्यवस्था भएको हुदाँ ऐन कानुनलाई ब्यवहारमा प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो ।


देशको कानुन विपरित भष्ट्राचार, लागुऔषधी कारोबार, तस्करी, चोरी, हुण्डी ब्यापार, चिठ्ठा कारोवार गरि अवैध धन कमाउने कार्य गैर काननी भएको हुदाँ यस्ता कार्य गर्नेलाई कानुन अनुसार छानविन गरि कानुनी प्रक्रियामा कारबाही हुने बताउनुभयो ।
सम्पति शुद्धिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको प्रमुख आथिथ्यता तथा  विभिन्न सरकारी कार्यालयका प्रमुख तथा उद्योग बाणिज्य संघका पदाधिकारी एवम ब्यवसायीहरुको उपस्थित रहेको थियो ।