म्याग्दीका पाँच गाउँपालिकालाई करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

  • २६ जेष्ठ २०७८, बुधबार
  • 1370 पटक पढिएको

 

म्याग्दी, २६ जेठ । म्याग्दीका पाँच गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब रु ८ लाख बराबरको सहयोग गरेको छ । नेपाल कम्युनिष्ट पाटी एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको  पहलमा र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको थियो ।


सचिव सुवेदी, सदस्य कृष्णकुमार विश्वकर्मा, देउबहादुर छन्त्याल र झलक आचार्यको सहकार्यमा स्थानीय तहमा उपस्थित भएर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । उनीहरुले धवलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपुर्ण गाउँपालिकामा बुझाएको प्राप्त स्वास्थ्य सामाग्रीहरुको तथ्यांक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई बुधबार जानकारी गराएका थिए । कोरोना रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य सामाग्री सहयोग गर्ने र पहल गर्नेलाई प्रजिअ अधिकारीले धन्यवाद दिएका थिए ।


वितरण गरिएको स्वास्थ्य सामाग्रीहरु सजिर्ककल माक्र्स २० बक्स, फेस सिल्ड ४० थान, एन नाइन्टी मास्क ४० वटा, डिस्पोजल पीपी सेट २० थान। टप्स ग्लोब्स सय पिस, सर्जिकल ग्लोब्स ३० पिस, रि- युजल पीपी सेट १० पिस, पल्स अक्सिमिटर ४ पिस, स्यानीटाईजर १५ बोत्तलका दर र ५ लिटरका स्यानीटाईजर १२ ग्यालिनको दरले पाचँ स्थानीय तहलाई हस्तान्तरण गरेको पहलकर्ता सुवेदीले बताए ।


सो सामाग्री स्थानीय तहका गाउपाँलिका अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखा संयोजकलाई हस्तान्तरण गरेका हुन् ।