फोक्सोको क्यान्सरबाट थलिएकी महिलाको उपचारमा सहयोग जुटाउन अभियान

  • ६ भाद्र २०७५, बुधबार
  • 1578 पटक पढिएको

बेनी ६ भदौ । फोक्सोको क्यान्सरबाट थलिएकी एक महिलाको उपचारमा सहयोग जुटाउन पर्वत बेनीमा अभियान सुरु भएको छ । फोक्सोमा क्यान्सर भएपछि बिरामी भएकी रघुगंगा गाउँपालिका १ बेग घर भई हाल जलजला गाउँपालिका ३ पर्वत बेनीमा बस्दै आएकी ४२ वर्षिया खिमकुमारी शर्माको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि लायन्स क्लब अफ बेनी मल्लाजले अभियान सुरु गरेको हो ।

काठमाडौको ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार गराईरहेकी शर्माको लागि एकै दिन ९० हजार रुपैया सहयोग जुटेको क्लबका अध्यक्ष श्रीलाल चापागाईले जानकारी दिनुभयो । अध्यक्ष चापागाईका अनुसार कल्वले दुई लाख रुपैया संकलन गर्ने लक्ष्य सहित पर्वत बेनीमा घरदैलो गरिएको छ ।

हालसम्म ९ लाख रुपैया खर्च गरीसकेको र चिकित्सकले ८० लाख रुपैया आवश्यक पर्ने बताएको शर्माका श्रीमान फणेन्द्र आचार्यले बताउनुभयो । आर्थिक सहयोग गरेर श्रीमतीको जिवन बचाईदिन आचार्यले अपिल गर्नुभएको छ ।