बेनी बोडिङको जुरेसमा नयाँ नेतृत्व चयन

  • ६ भाद्र २०७५, बुधबार
  • 1754 पटक पढिएको

म्याग्दीको सदरमुकाममा रहेको बेनी बोडिङ आवासिय माध्यमीक विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलको नयाँ नेतृत्व चयन भएको छ । वुधबर भोटीङ मार्फत जुरेसको अध्यक्ष्मा दिपीका बरुवाल, उपाध्यक्षमा विश्वास सेन, सचिवमा रिस्ता पुन , कोषाध्यक्षमा उत्सब पुन रहेका छन् । भने सदस्यहरुमा दिपक छन्त्याल, राजिब भण्डारी, मिलन नेपाली, भानु घिमिरे र स्नेहा जिसी रहेका छन् ।


त्यस्तै जुरेस नर्समा चनिसा छन्त्याल, सुस्मा थापा, ससी भण्डारी र सुस्मा पुर्जा चयन भएको शिक्षक नायक विनोद घर्तिले जानकारी दिए । भोटिङको निर्णायक मण्डलमा शिक्षक घर्ति र विशाल खत्री रहेका थिए । गठन भएको जुरेसले विद्यालयमा भिविन्न सामाजिक क्रियाकलापको साथै विद्यालयमा विद्यार्थीको क्षमता बृद्धि गर्ने खालका कार्याक्रम आयोजना गर्ने जुरेस संरक्षक तथा विद्यालयका प्रिन्सीपल मनोहरराज गोर्खालीले जानकारी दिए ।