स्वर्गीय कार्कीको परिवारले दिए उपचारमा सहयोग गर्नेहरुलाई धन्यबाद

  • ३१ श्रावण २०७५, बिहीबार
  • 2082 पटक पढिएको

म्याग्दी, ३१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका ब्रेन ट्युमरबाट पिडित भई उपचारको क्रममा ज्यान गुमाएका याम बहादुर कार्कीको घरपरिवारले उनको उपचारको क्रममा सहयोग गर्ने दाताहरुलाई धन्यबाद ज्ञापन गरेका छन् । काठमाण्डाको न्युरो अस्पतालमा उपचारको क्रममा कार्कीको निधन भएको थियो ।

स्वर्गीय कार्कीको १३ औँ पुन्य तिथिको दिनमा उनका घरपरिवारले उपचारको क्रममा लाखौँ खर्च भएको र सो अभियानमा आर्थिक र नैतिक रुपमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेका हुन् । गत बैशाख २६ गतेबाट कार्कीको उपचारको लागि आर्थिक संकलन अभियान सञ्चालन गरिएको थियो ।

सो क्रममा विभिन्न मुलुक र ठाउँमा रहेका म्याग्देली र राखुबासीहरुको पहलमा आर्थिक संकलन गरि रु १० लाख १३ हजार ९२७ आर्थिक संकलन भएको थियो । कार्कीको उपचारको क्रममा १६ लाख १७ हजार ७६५ खर्च भएको कार्कीको उपचारमा सहयोग संकलन अभियानका समन्वयकर्ता निरोज कार्कीले जानकारी दिनुभयो । उहाँले सबैको साथ र सहयोगले उपचार भैरहँदा अकस्मान कार्कीको निधन हुनुले सबैलाई दुखित तुल्याएको बताउँदै अभियानको क्रममा आर्थिक र नैतिक सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो ।